हिंसामा हजार बढीको ज्यान गएपछि सिरियाली नेताले भने, ‘हिंसामा सहभागी कोही फुत्कने छैन’ « Khabarhub

हिंसामा हजार बढीको ज्यान गएपछि सिरियाली नेताले भने, ‘हिंसामा सहभागी कोही फुत्कने छैन’


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

सिरिया – सिरियाका नेता अहमद अल साराले अलावट क्षेत्रमा भएको हिंसामा संलग्न कसैलाई नछाडिने बताएका छन्। बेलायतको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले शुक्रबार र शनिबारको सो हिंसामा ८३० सर्वसाधारण मारिएको जनाएको छ। सो हिंसा आसाद शासनको पतन पछिकै सबै भन्दा ठुलो हो।

सो झडपमा सुरक्षा निकायका २३१ तथा आसाद समर्थक २५० मारिएका छन्। मर्नेको मूल सङ्ख्या १३११ पुगेको जनाइएको छ। उनले पुरानो सत्ताले देशलाई गृह युद्धमा लैजान चाहे पनि त्यो सम्भव नहुने बताए।

न्युज एजेन्सी सानाले पोस्ट गरेको भिडियोमा साराले कोही पनि कानुन भन्दा माथि नरहेको बताउँदै यसको संलग्न सबै जना कारबाहीको भागिदार हुने बताए।

आइतबार नै उनले यसको छानबिनका लागि स्वतन्त्र कमिटी निर्माण गर्ने बताएका थिए। आइतबार सो हिंसात्मक घटनाको विरोध गर्न हजारौँ सिरियाली राजधानी दमासकसको मार्जेह चोकमा जम्मा भएका थिए।

यो घटनाले अलावाइटलाई हिंसात्मक क्षेत्रमा परिणत गरेको छ। त्यहाँका धेरै मानिस भागेर लाताकियामा रहेको रुसी सेनाको बेस क्याम्पसम्म पुगेका छन्। दर्जनौँले रुसी सुरक्षा चाहियो भन्दै नारा समेत लगाएको भिडियोमा देखिएको छ।

स्थानीय सञ्चार माध्यमले धेरै जना भागेर लेबनान पुगेको जनाएका छन्। सिरियाका लागि संयुक्त राष्ट्र सङ्घका दूत जियर पिडरसनले सर्वसाधारण माथिको हमला दु:खद भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ४९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको