हिंसामा हजार बढीको ज्यान गएपछि सिरियाली नेताले भने, ‘हिंसामा सहभागी कोही फुत्कने छैन’ « Khabarhub

हिंसामा हजार बढीको ज्यान गएपछि सिरियाली नेताले भने, ‘हिंसामा सहभागी कोही फुत्कने छैन’


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

सिरिया – सिरियाका नेता अहमद अल साराले अलावट क्षेत्रमा भएको हिंसामा संलग्न कसैलाई नछाडिने बताएका छन्। बेलायतको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले शुक्रबार र शनिबारको सो हिंसामा ८३० सर्वसाधारण मारिएको जनाएको छ। सो हिंसा आसाद शासनको पतन पछिकै सबै भन्दा ठुलो हो।

सो झडपमा सुरक्षा निकायका २३१ तथा आसाद समर्थक २५० मारिएका छन्। मर्नेको मूल सङ्ख्या १३११ पुगेको जनाइएको छ। उनले पुरानो सत्ताले देशलाई गृह युद्धमा लैजान चाहे पनि त्यो सम्भव नहुने बताए।

न्युज एजेन्सी सानाले पोस्ट गरेको भिडियोमा साराले कोही पनि कानुन भन्दा माथि नरहेको बताउँदै यसको संलग्न सबै जना कारबाहीको भागिदार हुने बताए।

आइतबार नै उनले यसको छानबिनका लागि स्वतन्त्र कमिटी निर्माण गर्ने बताएका थिए। आइतबार सो हिंसात्मक घटनाको विरोध गर्न हजारौँ सिरियाली राजधानी दमासकसको मार्जेह चोकमा जम्मा भएका थिए।

यो घटनाले अलावाइटलाई हिंसात्मक क्षेत्रमा परिणत गरेको छ। त्यहाँका धेरै मानिस भागेर लाताकियामा रहेको रुसी सेनाको बेस क्याम्पसम्म पुगेका छन्। दर्जनौँले रुसी सुरक्षा चाहियो भन्दै नारा समेत लगाएको भिडियोमा देखिएको छ।

स्थानीय सञ्चार माध्यमले धेरै जना भागेर लेबनान पुगेको जनाएका छन्। सिरियाका लागि संयुक्त राष्ट्र सङ्घका दूत जियर पिडरसनले सर्वसाधारण माथिको हमला दु:खद भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ४९ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा