बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित | Khabarhub Khabarhub

बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनगढी– बझाङको खापरदेव क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचनको कार्यक्रम अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको क्याम्पस प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

खापरदेव क्याम्पसमा विद्यार्थीहरूले समयमै भर्ना नगरेपछि स्ववियु निर्वाचनको तयारी पूरा हुन नसकेको सिंहको भनाइ छ ।

क्याम्पस व्यवस्थापन समितिको फागुन २४ गते बसेको बैठकमा स्ववियु निर्वाचनलाई वैधानिक र नियमअनुसार सम्पन्न गर्न अर्को सूचना प्रकाशित नगरी निर्वाचनको कुनै कार्यक्रम अगाडि बढाउन नसकिने जनाएको छ ।

सोही निर्णयको आधारमा स्ववियु निर्वाचन सम्बन्धी क्याम्पसका सबै कार्यक्रमहरू स्थगित गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दीपेन्द्रबहादुर सिंहले बताए ।

बझाङमा त्रिवेणी क्याम्पस, सुनकुडा, झोता, सेती, शान्ति र थलारा गरी ६ वटा क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन हुनेछ । 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १० : ३३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग