तानाशाहबाट देश र समाजको विकास हुन सक्दैन : उपप्रधानमन्त्री सिंह « Khabarhub

तानाशाहबाट देश र समाजको विकास हुन सक्दैन : उपप्रधानमन्त्री सिंह


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन् ।

काठमाडौंको नयाँ बानेश्वरमा शिद्धेश्वर महादेव मन्दिरको शिलान्यास गर्दै उनले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्नेमा जोड दिए । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।

‘निर्वाचित हुँदैमा विधि र कानुनभन्दा माथि कोही पनि हुँदैन । जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठाने अलोकतान्त्रिक र तानाशाही गन्ध आउँछ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबीच कम्युनिकेशन सही रुपमा नहुँदा समस्या आउने गरेको छ । जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ ।’

तानाशाहबाट देश र समाज विकास हुन नसक्ने आफ्नै भोगाइबाट निष्कर्षमा पुगेपछि आफू समाजेसवाका लागि सशक्त माध्यम मानिने राजनीतिमा आएको पनि सिंहले बताए ।

‘राजनीतिमा आएको ठूलो मान्छे बन्न होइन । पदमा भए पनि नभए पनि केही छैन,’ उपप्रधानमन्त्री सिंहले भने, ‘प्राप्त अधिकार सुरक्षित र संस्थागत गर्दै नेपाली जनताको जीवन र जीविकोपार्जन सहज बनाउन दलहरू मिलेर काम गर्नुपर्छ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १२ : ४४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर