काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर  « Khabarhub

काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर स्तरमा पुगेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अनुसार आज काठमाडौँ विश्वका पाँचौँ सबैभन्दा प्रदूषित सहरमध्ये परेको छ ।

आजको एक्यूआई मापनअनुसार, भारतको राजधानी नयाँ दिल्ली २१९ एक्यूआई सहित विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा पहिलो स्थानमा रहेको छ । काठमाडौँको एक्यूआई १९१ रहेको छ, जसले वायु प्रदूषण गम्भीर अवस्थामा पुगेको देखाउँछ । 

विश्व स्वास्थ्य संगठन का मापदण्डअनुसार, स्वस्थ वायुको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ, भने ५० सम्मलाई सामान्य मानिन्छ । 

५१ देखि १०० सम्मको एक्यूआई सावधानी अपनाउनु पर्ने (पहेंलो सङ्केत) मानिन्छ, जबकि १०१ देखि १५० सम्मको एक्यूआई श्वासप्रश्वास तथा मुटुरोगीका लागि हानिकारक मानिन्छ। १५१ देखि २०० सम्मको एक्यूआई अस्वस्थकर स्तरको वायु मानिन्छ ।

२०१ देखि ३०० सम्मको एक्यूआई ‘अत्यन्त अस्वस्थ’, ३०१ देखि ४०० सम्म ‘खतरनाक’, र ४०१ देखि ४५० सम्म ‘अति खतरा’ को श्रेणीमा पर्छ । काठमाडौँ उपत्यकाको लागि २०७६ सालको वायुगुणस्तर व्यवस्थापन कार्ययोजना अनुसार, एक्यूआई ३०० भन्दा बढी पुगेको अवस्थामा विपद्को घोषणा गर्नुपर्ने उल्लेख छ ।

आज विश्वका सबैभन्दा प्रदूषित सहरहरूमा दोस्रो स्थानमा भियतनामको हनोइ, तेस्रो स्थानमा बंगलादेशको ढाका, र चौथो स्थानमा चीनको बेइजिङ परेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १२ : ४८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल