बैंकिङ क्षेत्रको नाफा बढ्यो, वाणिज्य बैंक समूह अगाडि « Khabarhub

बैंकिङ क्षेत्रको नाफा बढ्यो, वाणिज्य बैंक समूह अगाडि


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ क्षेत्रको नाफामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पुस महिनाको तुलनामा माघ महिनामा क, ख र ग वर्गका बैँकहरूको नाफामा ३१.१२ प्रतिशतले वृद्धि भएको हो ।

आर्थिक वर्ष ०७८-७९ को असारको तुलनामा आर्थिक वर्ष ०७९-८० को असारमा ६.७९ प्रतिशतले घट्न पुगेको बैंकिङ क्षेत्रको नाफा आर्थिक वर्ष ०७९-८० को असारको तुलनामा आर्थिक वर्ष ०८०-८१ को असारमा ८.८१ प्रतिशतले घट्न पुगेको थियो ।

तथ्यांकअनुसार बैंकिङ क्षेत्रमा अन्य समूहको तुलनामा वाणिज्य बैंक समुहको नाफामा वृद्धिदर अगाडि देखिएको छ । पुस महिनाको तुलनामा माघ महिनामा वाणिज्य बैँकहरूको नाफामा ३१.४६ प्रतिशतले वृद्धि हुन पुगेको तथ्यांकले देखाएको छ । 

पुस महिनामा वाणिज्य बैंकहरूले २७ अर्ब ४३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा माघ महिनामा यस्तो नाफा ३६ अर्ब ६ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, पुस महिनाको तुलनामा विकास बैंक र फाइनान्स कम्पनीको खुद नाफा क्रमशः २८.३७ र २३.११ प्रतिशतले वृद्धि भएको छ । पुस महिनामा विकास बैंकहरूले २ अर्ब ६८ करोड २० लाख रुपैयाँ आम्दानी गरेका थिए भने माघ महिनामा उनीहरूको खुद नाफा ३ अर्ब ४४ करोड २ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, फाइनान्स कम्पनीहरूले पुस महिनामा २३ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा २८ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : १६ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट