राजावादीको प्रदर्शनबारे देउवा- केही भएको छैन, राजतन्त्रको पक्षमा माहोल पनि छैन « Khabarhub

राजावादीको प्रदर्शनबारे देउवा- केही भएको छैन, राजतन्त्रको पक्षमा माहोल पनि छैन


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले राजतन्त्रको पक्षमा माहोल नदेखेको बताएका छन् ।

कैलालीको गेटा विमानस्थलमा सोमबार पत्रकारहरूसँगको कुराकानीमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आफूले माहोल नदेखेको बताएका हुन् ।

राजावादीले आइतबार संघीय राजधानीमा गरेको प्रदर्शनतर्फ इंगित गर्दै सोधिएको पत्रकारको प्रश्नको जवाफ दिने क्रममा सभापति देउवाले भने, ‘त्यस्तो मैले केही माहोल देखेको छैन ।’

हिजो काठमाडौंमा अद्भूत प्रदर्शन भयो भन्ने हल्ला छ नि ? भन्ने अर्को प्रश्नमा उनले केही अद्भूत नभएको पनि जिकिर गरे । ‘कहाँ अद्भूत भयो ? केही भएकै छैन नि,’ देउवाको भनाइ थियो ।

पत्रकारले पूर्वराजा ज्ञानेन्द्रलाई छिमेकी मुलुक भारतले उचाल्ने काम गरेको हो भनेर राखेको जिज्ञासामा पनि पूर्वप्रधनमन्त्री देउवाले प्रतिक्रिया दिएका छन् । ‘कसैले उचालेर उचालिने कुरा पनि छैन,’ उनले भने, ‘उचालेको पनि थाहा छैन ।’

सभापति देउवालाई पत्रकार सम्मेलनमा ‘राजालाई उचाल्ने काम पनि भारतले गर्‍यो, प्रधानमन्त्रीलाई पनि निमन्त्रण भएको छैन भन्ने कुरो छ । त्यस्तै हो ?’ भनेर प्रश्न गरिएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : २२ बजे

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड