‘पिताम्बर’ टिमले प्रदीपलाई जन्मदिनको शुभकामना दिँदा दोहोरियो सुपरस्टारको ट्याग « Khabarhub

‘पिताम्बर’ टिमले प्रदीपलाई जन्मदिनको शुभकामना दिँदा दोहोरियो सुपरस्टारको ट्याग


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रदीप खड्का अहिलका चल्तीका नायक हुन् । फिल्म क्षेत्रमा प्रवेशको सुरुवातमा उनी ‘लभर ब्वाइ’का रुपमा स्थापित भए । अहिले उनले आफूलाई लभर ब्वाइभन्दा फरक चरित्रमा देखाउन प्रयास गरिरहेका छन् ।

प्रदीपले आफूलाई फिल्म ‘प्रकाश’मा पश्चिमको ग्रामिण युवक र ‘पुजार सार्की’मा ग्रामिण दलित युवाको चरित्रमा प्रस्तुत गरे । उनको पछिल्लो फिल्म ‘एक्टर : टेक वान’मा उनी एक्सन अवतारमा देखिए ।

यो फिल्म फ्लप बन्यो, न प्रदीपको अभिनयले नै प्रशंसा पायो । तर, यसले प्रदीपको परिचयमा विशेष प्रभाव पारेको पाइन्छ ।

यही फिल्मबाट उनले ‘सुपस्टार’को ट्याग पाए । निर्देशक राजन भुसालले उनलाई सुपरस्टारको ट्याग दिएका हुन् । ‘एक्टर’ प्रदर्शनको केही दिन अघि भएको पत्रकार सम्मेलनमा प्रदीपले यो कुरा सेयर गरेका थिए ।

यो पनि : प्रदीपको प्रश्न – मलाई ‘सुपरस्टार’ स्वीकार गरेको हो ?

प्रदीपको सुपरस्टारको ट्याग फिल्म ‘पिताम्बर’मा पनि दोहोरिएको छ । नयाँ वर्ष लक्षित अर्थात् आगामी चैत २९ यो फिल्म प्रदर्शनमा आउँदै छ । उनी यस फिल्मको केन्द्रीय भूमिकामा छन् ।

आज फागुन २६ गते प्रदीपको जन्म दिन हो । ‘पिताम्बर’ निर्माण पक्षले प्रदीपको यस फिल्मका दृश्य समेटर एक टिजर सार्वजनिक गरेको छ । उनलाई जन्म दिनको शुभकामना दिन उक्त टिजरमा सार्वजनिक गरिएको शीर्षकबाट प्रष्ट हुन्छ ।

शीर्षकमा लेखिएको छ, ‘हेप्पी बर्थ डे सुपरस्टार प्रदीप खड्का ।’ अर्थात्, फिल्म ‘एक्टर’बाट उनले पाएको ट्याग ‘पिताम्बर’मा पनि दोहोरिएको छ ।

सार्वजनिक टिजरमा प्रदीपको अंशको दृश्य मात्रै समावेश छन् । उनी एक्सन अवतारमा प्रस्तुत छन् ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को सहकार्यमा बनेको यो फिल्म प्रदीपसहित दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही नायिकाहरु सुरक्षा पन्त, सुपुष्पा भट्ट र दिव्या रायमाझी प्रमुख भूमिकामा रहेको बताइएको छ ।

कृषा चौलागाई निर्देशन हुन भने विशाल चौलागाईं पुरुषोत्तम प्रधान र आध्य लामिछाने निर्माताहरु हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  २ : ०८ बजे

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न