‘पिताम्बर’ टिमले प्रदीपलाई जन्मदिनको शुभकामना दिँदा दोहोरियो सुपरस्टारको ट्याग « Khabarhub

‘पिताम्बर’ टिमले प्रदीपलाई जन्मदिनको शुभकामना दिँदा दोहोरियो सुपरस्टारको ट्याग


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रदीप खड्का अहिलका चल्तीका नायक हुन् । फिल्म क्षेत्रमा प्रवेशको सुरुवातमा उनी ‘लभर ब्वाइ’का रुपमा स्थापित भए । अहिले उनले आफूलाई लभर ब्वाइभन्दा फरक चरित्रमा देखाउन प्रयास गरिरहेका छन् ।

प्रदीपले आफूलाई फिल्म ‘प्रकाश’मा पश्चिमको ग्रामिण युवक र ‘पुजार सार्की’मा ग्रामिण दलित युवाको चरित्रमा प्रस्तुत गरे । उनको पछिल्लो फिल्म ‘एक्टर : टेक वान’मा उनी एक्सन अवतारमा देखिए ।

यो फिल्म फ्लप बन्यो, न प्रदीपको अभिनयले नै प्रशंसा पायो । तर, यसले प्रदीपको परिचयमा विशेष प्रभाव पारेको पाइन्छ ।

यही फिल्मबाट उनले ‘सुपस्टार’को ट्याग पाए । निर्देशक राजन भुसालले उनलाई सुपरस्टारको ट्याग दिएका हुन् । ‘एक्टर’ प्रदर्शनको केही दिन अघि भएको पत्रकार सम्मेलनमा प्रदीपले यो कुरा सेयर गरेका थिए ।

यो पनि : प्रदीपको प्रश्न – मलाई ‘सुपरस्टार’ स्वीकार गरेको हो ?

प्रदीपको सुपरस्टारको ट्याग फिल्म ‘पिताम्बर’मा पनि दोहोरिएको छ । नयाँ वर्ष लक्षित अर्थात् आगामी चैत २९ यो फिल्म प्रदर्शनमा आउँदै छ । उनी यस फिल्मको केन्द्रीय भूमिकामा छन् ।

आज फागुन २६ गते प्रदीपको जन्म दिन हो । ‘पिताम्बर’ निर्माण पक्षले प्रदीपको यस फिल्मका दृश्य समेटर एक टिजर सार्वजनिक गरेको छ । उनलाई जन्म दिनको शुभकामना दिन उक्त टिजरमा सार्वजनिक गरिएको शीर्षकबाट प्रष्ट हुन्छ ।

शीर्षकमा लेखिएको छ, ‘हेप्पी बर्थ डे सुपरस्टार प्रदीप खड्का ।’ अर्थात्, फिल्म ‘एक्टर’बाट उनले पाएको ट्याग ‘पिताम्बर’मा पनि दोहोरिएको छ ।

सार्वजनिक टिजरमा प्रदीपको अंशको दृश्य मात्रै समावेश छन् । उनी एक्सन अवतारमा प्रस्तुत छन् ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को सहकार्यमा बनेको यो फिल्म प्रदीपसहित दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही नायिकाहरु सुरक्षा पन्त, सुपुष्पा भट्ट र दिव्या रायमाझी प्रमुख भूमिकामा रहेको बताइएको छ ।

कृषा चौलागाई निर्देशन हुन भने विशाल चौलागाईं पुरुषोत्तम प्रधान र आध्य लामिछाने निर्माताहरु हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  २ : ०८ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको