धवलागिरिका एक सय पाँच योजना कार्यान्वयनमा « Khabarhub

धवलागिरिका एक सय पाँच योजना कार्यान्वयनमा


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

 
म्याग्दी– धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ मा १०५ पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ । 

गत असार र पुसको गाउँसभाबाट छनोट भई बजेट विनियोजन भएकामध्ये ७८ योजनाको सम्झौता भएको र २७ वटा सम्झौताको चरणमा रहेका गाउँपालिकाले जनाएको छ । सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण, पदमार्ग, भवन, खेलमैदान निर्माणसम्बन्धी योजना रहेका छन् । 

प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले ४, ५, ६ र ७ नम्बर वडामा पर्ने मुदी, मल्कवाङ, मराङ र ताकममा घुम्ती शिविरमार्फत ६५ योजनाको सम्झौता गरिएको जानकारी दिए। गाउँपालिकाको कार्यालय रहेको मुना आएर योजना सम्झौता गर्न अपायक पर्ने वडाका उपभोक्ता समितिसँगै वडा कार्यालयमा पुगेर सम्झौता गरिएको उनले बताए। 

चालु आर्थिक वर्षमा पूर्वाधार योजनाका लागि करिब १५ करोड बजेट विनियोजन भएकामा सात महिनाको अवधिमा १५ प्रतिशत खर्च भएको छ । कुल रु ४७ करोड २९ लाख ५८ हजार बजेट विनियोजन भएकामा सात महिनाको अवधिमा २८ दशमलव ९१ प्रतिशत अर्थात १३ करोड ६७ लाख ५६ हजार ६७५ खर्च भएको छ । 

सङ्घीय विशेष अनुदान रु करोड १० लाख बजेट भएको मच्छिम–शिवाङ–हिलापोखरी एक घर एक धारा खानेपानी, सङ्घीय समपूरक रु ७० लाख बजेटको लुलाङ–गुर्जा सडक, प्रदेश समपूरक रु एक करोडको मुदी वडा कार्यालय र सङ्घीय विशेष अनुदान रु एक करोड बजेटको मुदी ढल निकास योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयनमा लगिएको छ । 

गत वर्ष रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको लुलाङ–गुर्जा सडकमार्फत नौ किलोमिटर ५०० मिटर सडकको मार्ग खुलेको, ताकममा पाँच शय्या क्षमताको अस्पताल र घट्टेखोलामा प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलले बताए। 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गका २२ योजना कार्यान्वयनको चरणमा छन् । जेठ महिनाभित्र योजना सम्पन्न गरिसक्ने लक्ष्यसहित उपभोक्ता समिति र निर्माण व्यवसायीलाई सहजीकरण, समन्वय, परिचालन र अनुगमनलाई तीव्रता दिएको गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले बताए। 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  २ : ३३ बजे

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२