लगातार ओरालो यात्रामा बजार, कारोबारसहित नेप्से साढे २० अंकले घट्यो « Khabarhub

लगातार ओरालो यात्रामा बजार, कारोबारसहित नेप्से साढे २० अंकले घट्यो


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा पहिरो गएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बाराबरको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर मात्र कारोबार भएको छ ।

सोमबार ४४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

सोमबार दिनभरमा ३११ वटा कम्पनीको शेयर ८७ हजार १५६ पटक किनबेच भएको छ ।

१३ वटा समूहमध्ये अन्य समूहबाहेक सबै समूह राताम्य भएका छन् । आज अन्य समूह भने ०.०८ प्रतिशतले बढको छ ।

सबैभन्दा बढी म्युचुअल फण्ड समूह ३.०६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.४४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ३ : ११ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा