प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी « Khabarhub

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

 
घोराही– किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गरेको छ । सुदूरपश्चिमले गण्डकीलाई ६ विकेटले हराएको हो । यसअघि सुदूरपश्चिम पहिलो खेलमा कर्णाली प्रदेशसँग पराजित भएको थियो । 

दाङको लमही क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २२० रन बनायो । दुई सय २१ रनको विजयी लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिमका ठगुन्नाले अविजित १२१ रन बनाए । उनले १०१ बल खेल्दै नौ चौका र ६ छक्का प्रहार गरे । यस्तै कप्तान नारायण जोशीले अविजित ३८, खडक बोहराले १९ तथा निश्चल क्षेत्रीले १८ रनको योगदान दिए । बलिङतर्फ गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले एक एक विकेट लिए ।     

यसअघि २२० रन बनाउने क्रममा गण्डकीका लागि अर्जुन कुमाल र दीपक डुम्रेले अर्धशतकीय पारी खेले । दिपकले ७४ बल खेल्ने क्रममा तीन चौका र एक छक्का हान्दै ६० रन बनाए । यस्तै अर्जुनले ९५ बलमा ५७ रनको योगदान दिए । उनले यस क्रममा चार चौका र एक छक्का प्रहार गरे ।  

यसैगरी सुदीप अर्यालले अविजित २३, दिनेश बुढामगरले १५ तथा अमृत गुरुङ र विपिन खत्रीले दश दश रनको योगदान दिए । 

बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले तीन, नारायण जोशीले दुई तथा हेमन्त धामी, मिलन बोहरा र अर्जुन विकले एक एक विकेट लिए । सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट सात  प्रदेश र तीन विभागीय टोली सहभागी छन् ।

राउन्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अंकका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : १३ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको