सरकारले चाहे पूर्वराजाको सुविधा खोस्न सक्छ : कृष्ण सिटौला « Khabarhub

सरकारले चाहे पूर्वराजाको सुविधा खोस्न सक्छ : कृष्ण सिटौला


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहबारे चर्चा गर्न आवश्यक नरहेको बताएका छन् ।

कैलालीको धनगढीमा जारी कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहमा उनले ज्ञानेन्द्रलाई बहिर्गमनको समयमा आफूले गरेको पहल स्मरण गर्दै यस्तो बताएका हुन् । 

‘राजाबारे चर्चा हुने गरेको छ । मैले भन्ने गरेको छु– किन धेरै चर्चा गर्नु हामीले । म आफैँ विदा गर्न गएको हुँ,’ नेता सिटौलाले भने, ‘राम्रै सम्झाएको हुँ ।’ 

नेता सिटौलाले सरकारले चाह्यो भने पूर्वराजा ज्ञानेन्द्रलाई उपलब्ध गराइएका सुविधाहरू खोस्न सकिनेसमेत बताए । 

‘सरकारकै निर्णयले उहाँलाई निवास दिएर बस्न दिएको छ । सरकारले चाह्यो भने हटाइदिन सक्छ,’ उनले भने, ‘सरकारले नै सुरक्षाको बन्दोबस्त गरेको छ । त्यसैले यो बारेमा हामीले धेरै चर्चा नगर्नु जाती हो ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको