राजाहरूले गरेका ज्यादती सम्झेर जनता राजतन्त्रप्रति आकर्षित हुँदैनन् : महामन्त्री शर्मा | Khabarhub Khabarhub

राजाहरूले गरेका ज्यादती सम्झेर जनता राजतन्त्रप्रति आकर्षित हुँदैनन् : महामन्त्री शर्मा


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरू ठीक ढंगबाट अगाडि बढे नागरिक असन्तुष्ट नहुने बताएका छन् । कैलालीको धनगढीमा जारी कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्‌घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।   

‘हामी जिम्मेवार डाक्टरले डाक्टर भएर राम्रोसँग उपचार गर्दैगर्दा मान्छे झाँक्रीतिर लक्षित हुँदैन,’ महामन्त्री शर्माले भने, ‘मान्छे असन्तुष्ट भएर एकछिन झाँक्रीतिर झारफुक गर्दा पो हुन्छ कि भन्यो भने, त्यो झारफुक गर्दै गरेको मान्छेले विद्यावारिधि प्राप्त गर्दैन ।’

महामन्त्री शर्माले विगतमा राजाहरूले गरेका ज्यादती स्मरण गर्दै जनता फेरि त्यही राजतन्त्र प्रति आकर्षित नहुने पनि जिकिर गरे । 
 
‘हिजो हामीले लोकतन्त्र माग्दै गर्दा राजाको शासनले मोबाइल बन्द गर्‍यो, मुख बन्द गर्‍यो, लेख्न बन्द गर्‍यो । राजाको शासनले कहिले फाँसीमा झुन्ड्यायो,’ उनले भने, ‘बा महेन्द्रले फाँसीमा झुण्डयाए, छोरा ज्ञानेन्द्रले एसएलआर चलाएर नेपाली जनतामाथि प्रहार गरे । अनि त्यो पद्दतितर्फ मान्छे खोजी गर्दैछ भन्ने छ भने त्यो भ्रममात्रै हो ।’ 

महामन्त्री शर्माले अहिलेको अवस्थामा कांग्रेसले आफूलाई नयाँ ढंगले व्यवस्थित गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

 ‘यो बेलामा हामीले आफूलाई नयाँ ढंगले व्यवस्थित गरेर कार्य गर्न जरुरी छ,’ उनले भने ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ०७ बजे

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई