सात महिनामा १६ अर्ब ६६ करोडको धितोपत्र नेप्सेमा सूचीकृत  « Khabarhub

सात महिनामा १६ अर्ब ६६ करोडको धितोपत्र नेप्सेमा सूचीकृत 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से )मा सूचीकृत भएको छ । 

सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

माघ महिनामा ७ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस शेयर, ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर, ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य शेयर नेप्सेमा सूचीकृत भएको केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांकमा छ । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २१ अर्ब ६७ करोड रुपैयाँ बराबरको धितो पत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको राष्ट्र बैंकले जनाएको छ । 

जसमा १० अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब ३२ करोड रुपैयाँ बराबरको डिबेन्चर र ८५ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्कासनको अनुमति दिएको केन्द्रीय बैंकले जनाएको छ । 

नेप्सेमा २०८१ माघ मसान्तमा सूचीकृत ८ अर्ब ६७ करोड शेयरको चुक्ता मूल्य ८५४ अर्ब ९१ करोड रुपैयाँ रहेका तथ्यांकमा उल्लेख छ । 

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितो पत्र बजार पुँजीकरणको हिस्सा ५३.३ प्रतिशत, जलविद्युत् १६.७ प्रतिशत, लगानी ७.६ प्रतिशत, व्यापारिक संस्था ५.४ प्रतिशत, उत्पादन तथा प्रशोधन ५.३ प्रतिशत, होटेलको २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.० प्रतिशत रहेको बैंकले जनाएको छ । 

गत वर्षको २०८० माघमा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेकोमो यो वर्षको माघ मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६८ पुगेको केन्द्रीय बैंकले जनाएको छ । 

सूचीकृत कम्पनीहरुमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेको तथ्यांकमा उल्लेख छ । 

२०८१ माघ मसान्तमा धितो पत्र बजार पुँजीकरण ४४ खर्ब ५८ अर्ब ५२ करोड कायम भएको छ भने २०८० माघ मसान्तमा बजार पुँजीकरण ३३ खर्ब ०२ अर्ब ८४ करोड रहेको तथ्यांकले देखाएको छ ।
  
माघ मसान्तमा २१०१.१६ रहेको नेप्से सूचकाङ्क २०८१ माघ मसान्तमा २६८५.७३ कायम भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : २० बजे

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर