सात महिनामा १६ अर्ब ६६ करोडको धितोपत्र नेप्सेमा सूचीकृत  | Khabarhub Khabarhub

सात महिनामा १६ अर्ब ६६ करोडको धितोपत्र नेप्सेमा सूचीकृत 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से )मा सूचीकृत भएको छ । 

सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

माघ महिनामा ७ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस शेयर, ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर, ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य शेयर नेप्सेमा सूचीकृत भएको केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांकमा छ । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २१ अर्ब ६७ करोड रुपैयाँ बराबरको धितो पत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको राष्ट्र बैंकले जनाएको छ । 

जसमा १० अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब ३२ करोड रुपैयाँ बराबरको डिबेन्चर र ८५ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्कासनको अनुमति दिएको केन्द्रीय बैंकले जनाएको छ । 

नेप्सेमा २०८१ माघ मसान्तमा सूचीकृत ८ अर्ब ६७ करोड शेयरको चुक्ता मूल्य ८५४ अर्ब ९१ करोड रुपैयाँ रहेका तथ्यांकमा उल्लेख छ । 

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितो पत्र बजार पुँजीकरणको हिस्सा ५३.३ प्रतिशत, जलविद्युत् १६.७ प्रतिशत, लगानी ७.६ प्रतिशत, व्यापारिक संस्था ५.४ प्रतिशत, उत्पादन तथा प्रशोधन ५.३ प्रतिशत, होटेलको २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.० प्रतिशत रहेको बैंकले जनाएको छ । 

गत वर्षको २०८० माघमा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेकोमो यो वर्षको माघ मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६८ पुगेको केन्द्रीय बैंकले जनाएको छ । 

सूचीकृत कम्पनीहरुमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेको तथ्यांकमा उल्लेख छ । 

२०८१ माघ मसान्तमा धितो पत्र बजार पुँजीकरण ४४ खर्ब ५८ अर्ब ५२ करोड कायम भएको छ भने २०८० माघ मसान्तमा बजार पुँजीकरण ३३ खर्ब ०२ अर्ब ८४ करोड रहेको तथ्यांकले देखाएको छ ।
  
माघ मसान्तमा २१०१.१६ रहेको नेप्से सूचकाङ्क २०८१ माघ मसान्तमा २६८५.७३ कायम भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : २० बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर