घाटामा सातवटा फाइनान्स कम्पनी, पोखरा फाइनान्सको मात्रै घाटा ५९ करोड « Khabarhub

घाटामा सातवटा फाइनान्स कम्पनी, पोखरा फाइनान्सको मात्रै घाटा ५९ करोड


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चालनमा रहेकामध्ये आधा दर्जन बढी फाइनान्स कम्पनीहरू खुद घाटामा गएका छन् ।

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित चालु आर्थिक वर्षको ७ महिनाको बैंक तथा वित्तीय संस्थाको तथ्यांकअनुसार उक्त अवधिसम्म सञ्चालनमा रहेकामध्ये ७ वटा कम्पनी घाटामा देखिएका हुन् ।

तथ्यांकअनुसार सञ्चालनमा रहेकामध्ये समीक्षा अवधिमा जानकी फाइनान्स कम्पनी खुद नाफामा सबैभन्दा अगाडि छ । पोखरा फाइनान्स कम्पनी सबैभन्दा धेरै घाटामा छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म जानकी फाइनान्सले १४ करोड ८४ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त अवधिसम्म पोखरा फाइनान्स कम्पनीको खुद घाटा भने ५८ करोड ९० लाख १० हजार रुपैयाँ पुगेको छ ।

तथ्यांकअनुसार माघ मसान्तसम्म दोस्रो धेरै नाफा आईसीएफसीले १२ करोड ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, समीक्षा अवधिसम्म तेस्रो धेरै खुद नाफा मञ्जुश्री फाइनान्सले १२ करोड ५१ लाख ८० हजार रुपैयाँ गरेको छ ।

उक्त अवधिमा नेपाल, एनएसएमएल, गुडवील, श्री, प्रोग्रेसिभ सेन्ट्रल र मल्टी फाइनान्स कम्पनी खुद नाफाको अवस्थामा रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, त्यही अवधिमा पोखरा फाइनान्स कम्पनी पछाडि रिलायन्स फाइनान्स कम्पनीको १२ करोड ५१ लाख १० हजार रुपैयाँ खुद घाटा छ ।

उक्त अवधिसम्म समृद्धि फाइनान्स कम्पनीको खुद घाटा ८ करोड २५ लाख ४० हजार, ७ करोड ५६ लाख १० हजार, गोर्खा फाइनान्सको ३ करोड ४७ लाख ४० हजार, बेस्ट फाइनान्स कम्पनीको २ करोड ३ लाख ३० हजार र जीएमबीएफएलको १ करोड २५ लाख रुपैयाँ खुद घाटा छ ।

चालु आर्थिक वर्षको साउन महिनासम्म घाटामा रहेका बेस्ट, पोखरा र सी मर्चेन्टको घाटा माघ महिनासम्म वृद्धि भएको भने समृद्धिको घाटामा केही घटेको छ ।

त्यस्तै, साउन महिनामा नाफामा रहेकामध्ये गोर्खा, जीएमबीएफएल र रिलायन्स कम्पनीको खुद नाफा कम भएर घाटाको अवस्थामा पुगेको तथ्यांकमा उल्लेख छ ।

फाइनान्स कम्पनीहरूको नाफा/घाटाको अवस्था (दश लाखमा)

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ४९ बजे

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन