घाटामा सातवटा फाइनान्स कम्पनी, पोखरा फाइनान्सको मात्रै घाटा ५९ करोड | Khabarhub Khabarhub

घाटामा सातवटा फाइनान्स कम्पनी, पोखरा फाइनान्सको मात्रै घाटा ५९ करोड


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चालनमा रहेकामध्ये आधा दर्जन बढी फाइनान्स कम्पनीहरू खुद घाटामा गएका छन् ।

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित चालु आर्थिक वर्षको ७ महिनाको बैंक तथा वित्तीय संस्थाको तथ्यांकअनुसार उक्त अवधिसम्म सञ्चालनमा रहेकामध्ये ७ वटा कम्पनी घाटामा देखिएका हुन् ।

तथ्यांकअनुसार सञ्चालनमा रहेकामध्ये समीक्षा अवधिमा जानकी फाइनान्स कम्पनी खुद नाफामा सबैभन्दा अगाडि छ । पोखरा फाइनान्स कम्पनी सबैभन्दा धेरै घाटामा छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म जानकी फाइनान्सले १४ करोड ८४ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त अवधिसम्म पोखरा फाइनान्स कम्पनीको खुद घाटा भने ५८ करोड ९० लाख १० हजार रुपैयाँ पुगेको छ ।

तथ्यांकअनुसार माघ मसान्तसम्म दोस्रो धेरै नाफा आईसीएफसीले १२ करोड ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, समीक्षा अवधिसम्म तेस्रो धेरै खुद नाफा मञ्जुश्री फाइनान्सले १२ करोड ५१ लाख ८० हजार रुपैयाँ गरेको छ ।

उक्त अवधिमा नेपाल, एनएसएमएल, गुडवील, श्री, प्रोग्रेसिभ सेन्ट्रल र मल्टी फाइनान्स कम्पनी खुद नाफाको अवस्थामा रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, त्यही अवधिमा पोखरा फाइनान्स कम्पनी पछाडि रिलायन्स फाइनान्स कम्पनीको १२ करोड ५१ लाख १० हजार रुपैयाँ खुद घाटा छ ।

उक्त अवधिसम्म समृद्धि फाइनान्स कम्पनीको खुद घाटा ८ करोड २५ लाख ४० हजार, ७ करोड ५६ लाख १० हजार, गोर्खा फाइनान्सको ३ करोड ४७ लाख ४० हजार, बेस्ट फाइनान्स कम्पनीको २ करोड ३ लाख ३० हजार र जीएमबीएफएलको १ करोड २५ लाख रुपैयाँ खुद घाटा छ ।

चालु आर्थिक वर्षको साउन महिनासम्म घाटामा रहेका बेस्ट, पोखरा र सी मर्चेन्टको घाटा माघ महिनासम्म वृद्धि भएको भने समृद्धिको घाटामा केही घटेको छ ।

त्यस्तै, साउन महिनामा नाफामा रहेकामध्ये गोर्खा, जीएमबीएफएल र रिलायन्स कम्पनीको खुद नाफा कम भएर घाटाको अवस्थामा पुगेको तथ्यांकमा उल्लेख छ ।

फाइनान्स कम्पनीहरूको नाफा/घाटाको अवस्था (दश लाखमा)

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ४९ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस