युएन डीपी कविता प्रतियोगितामा कर्णालीका किशोर आचार्य प्रथम  | Khabarhub Khabarhub

युएन डीपी कविता प्रतियोगितामा कर्णालीका किशोर आचार्य प्रथम 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) द्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा कर्णाली प्रदेशका किशोर आचार्य प्रथम भएका छन्। कालिकोट जिल्लाको शुभकालिका–६, हाउडिमा रहेको चन्द्र सूर्य माध्यमिक विद्यालय, कक्षा १० मा अध्ययनरत आचार्यले ‘न्यायको खोजी’ शीर्षकको कविता प्रस्तुत गरेका थिए।

देशभरका सातवटै प्रदेशका प्रथम स्थान हासिल गरेका प्रतियोगीबीच भएको अन्तिम प्रतिस्पर्धामा उनले उत्कृष्ट प्रस्तुति दिँदै शीर्ष स्थान हासिल गरे। प्रतियोगितामा मधेश प्रदेश दोस्रो र लुम्बिनी प्रदेश तेस्रो भएका थिए।

कवितामा महिला हिंसा, अधिकार र वातावरण संरक्षण जस्ता महत्वपूर्ण सामाजिक मुद्दाहरू उठाइएका थिए। निर्णायक मण्डलका अनुसार आचार्यको कविता समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने खालको मात्र नभई कलात्मक शैलीमा प्रस्तुत गरिएको थियो, जसले उनलाई पहिलो स्थान दिलायो।

पुरस्कार ग्रहण गर्दै किशोर आचार्यले भने ‘न्याय केवल अदालतमा खोज्ने कुरा होइन, समाजमा समानता, सम्मान र सचेतनाको स्तर बढाउन सके न्याय स्थापना गर्न सकिन्छ।’

युएन डीपी नेपालका प्रतिनिधिहरूले प्रतियोगिता सफल भएको बताउँदै विजयी कविताहरूलाई विभिन्न माध्यमबाट प्रचार–प्रसार गर्ने प्रतिबद्धता जनाएका छन्।

आचार्यको सफलताले कर्णाली प्रदेशको साहित्यिक पहिचानलाई थप बलियो बनाउँदै नयाँ पुस्तालाई सिर्जनात्मक लेखनतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ०९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले