पोखरामा कोटिहोम गर्न दिने सहमति, विवाद समाधान समिति गठन « Khabarhub

पोखरामा कोटिहोम गर्न दिने सहमति, विवाद समाधान समिति गठन


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम आयोजना गर्न दिने सहमति गरेको छ। सोमबार बसेको बैठकले कोटिहोम कार्यक्रमका लागि स्थान हेरफेर गर्ने निर्णय गर्दै सहमति जनाएको हो।

महानगरपालिका, सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र आयोजक प्रतिनिधिहरूबीचको छलफलपछि सहमति जुटेको हो। बैठकमा कोटिहोमलाई महानगरपालिकाले पनि अपनत्व लिने निर्णय भएको विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले जानकारी दिए।

कोटिहोमको स्थान विवाद समाधान गर्न मंगलबार कार्यपालिका बैठक बस्ने निर्णय भएको छ। बैठकले पाँच सदस्यीय विवाद समाधान समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा आयोजकका दुईजना, जिल्ला प्रशासनका एकजना र महानगरपालिकाका दुईजना सदस्य रहने छन्। यही समितिले उपयुक्त स्थान तोकेपछि कोटिहोम आयोजना हुनेछ।

यसअघि कोटिहोमका विषयमा विवाद उत्पन्न भएपछि आइतबार समर्थकहरूले पोखरा महानगरपालिका अगाडि धर्ना दिएका थिए। पोखराको वाराहीघाटमा कोटिहोम रोक्न खोजेको आरोप लगाउँदै धर्ना दिएका थिए। फागुन २३ गते भूमि पूजनकै दिन वाराहीघाटमा झडप हुँदा महानगर प्रहरी र कोटिहोम पक्षधर गरी १९ जना घाइते भएका थिए।

यस विषयमा उच्च अदालत पोखरामा रिटसमेत परेको छ। अदालतले पोखरा महानगरका नाममा अन्तरिम आदेश जारी गरेपछि महानगर पक्ष भ्याकेटमा गएको छ। दुवै पक्षबीच सहमति खोज्ने प्रयासस्वरूप सोमबार त्रिपक्षीय वार्ता गरिएको हो।

नेपाल मानव सेवा फाउन्डेसनले वैशाख १६ देखि जेठ २६ सम्म पोखरामा कोटिहोम आयोजना गर्ने तयारी गरिरहेको छ। विवादित धर्मगुरु विजय भण्डारीको अगुवाइमा हुने भनिएको कोटिहोमलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन्।

 प्रारम्भिक स्वीकृति लिएपछि महानगरले रोक्ने प्रयास गरेको भन्दै आयोजक पक्ष असन्तुष्ट बनेको थियो। अन्ततः सहमतिको बाटो रोज्दै दुबै पक्ष विवाद समाधानतर्फ उन्मुख भएका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ३४ बजे

प्रधानमन्त्री बालेनले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना : ‘सर्वे भवन्तु सुखिन‍.. ’

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सहकार्य गर्न आवश्यक : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका

नयाँ वर्षः समयको नयाँ पाना, सपनाको नयाँ रेखा

रातको अन्तिम घडीमा जब घडीका काँटा बिस्तारै नयाँ अंकतर्फ सर्दै

लागूऔषध खैरो हेरोइनसहित १० जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई

लेबनान–इजरायल वार्तामा अमेरिकी विदेशमन्त्री रुबियो सहभागी हुँदै : वासिङ्टनमा छलफल

वासिङ्टन – अमेरिकी विदेश मन्त्रालयले लेबनान र इजरायलबीच मंगलबार हुने