पोखरामा कोटिहोम गर्न दिने सहमति, विवाद समाधान समिति गठन | Khabarhub Khabarhub

पोखरामा कोटिहोम गर्न दिने सहमति, विवाद समाधान समिति गठन


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम आयोजना गर्न दिने सहमति गरेको छ। सोमबार बसेको बैठकले कोटिहोम कार्यक्रमका लागि स्थान हेरफेर गर्ने निर्णय गर्दै सहमति जनाएको हो।

महानगरपालिका, सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र आयोजक प्रतिनिधिहरूबीचको छलफलपछि सहमति जुटेको हो। बैठकमा कोटिहोमलाई महानगरपालिकाले पनि अपनत्व लिने निर्णय भएको विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले जानकारी दिए।

कोटिहोमको स्थान विवाद समाधान गर्न मंगलबार कार्यपालिका बैठक बस्ने निर्णय भएको छ। बैठकले पाँच सदस्यीय विवाद समाधान समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा आयोजकका दुईजना, जिल्ला प्रशासनका एकजना र महानगरपालिकाका दुईजना सदस्य रहने छन्। यही समितिले उपयुक्त स्थान तोकेपछि कोटिहोम आयोजना हुनेछ।

यसअघि कोटिहोमका विषयमा विवाद उत्पन्न भएपछि आइतबार समर्थकहरूले पोखरा महानगरपालिका अगाडि धर्ना दिएका थिए। पोखराको वाराहीघाटमा कोटिहोम रोक्न खोजेको आरोप लगाउँदै धर्ना दिएका थिए। फागुन २३ गते भूमि पूजनकै दिन वाराहीघाटमा झडप हुँदा महानगर प्रहरी र कोटिहोम पक्षधर गरी १९ जना घाइते भएका थिए।

यस विषयमा उच्च अदालत पोखरामा रिटसमेत परेको छ। अदालतले पोखरा महानगरका नाममा अन्तरिम आदेश जारी गरेपछि महानगर पक्ष भ्याकेटमा गएको छ। दुवै पक्षबीच सहमति खोज्ने प्रयासस्वरूप सोमबार त्रिपक्षीय वार्ता गरिएको हो।

नेपाल मानव सेवा फाउन्डेसनले वैशाख १६ देखि जेठ २६ सम्म पोखरामा कोटिहोम आयोजना गर्ने तयारी गरिरहेको छ। विवादित धर्मगुरु विजय भण्डारीको अगुवाइमा हुने भनिएको कोटिहोमलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन्।

 प्रारम्भिक स्वीकृति लिएपछि महानगरले रोक्ने प्रयास गरेको भन्दै आयोजक पक्ष असन्तुष्ट बनेको थियो। अन्ततः सहमतिको बाटो रोज्दै दुबै पक्ष विवाद समाधानतर्फ उन्मुख भएका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ३४ बजे

मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन नागरिकलाई अपहरण गर्ने महिला पक्राउ

काठमाडौं – मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया

लामो भन्नु छैन, प्रधानमन्त्रीले स्पष्टीकरण नदिए संसद् चल्दैन : प्रचण्ड

काठमाडौं– नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरिएका कुलमान घिसिङबारे संसदमा प्रधानमन्त्री

अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या चार पुग्यो

काठमाडौं – अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको

मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई कसरी बनाउने

बालेन्द्रलाई महानगरका कर्मचारीको अल्टिमेटम- सात दिनभित्र हाम्रो खातामा तलब आओस्

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई एक हप्ताभित्र तलब पाउने