जनकपुरमा टाटाको तीन नयाँ गाडी लन्च « Khabarhub

जनकपुरमा टाटाको तीन नयाँ गाडी लन्च


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा सफारी जनकपुरमा लन्च गरेको छ ।  

जनकपुरस्थित गिरिजा अटोमोवाइलस्मा आज एक कार्यक्रमका बीच कर्भ इभि, नेक्सन के३ र टाटा सफारी लन्च गरिएको हो ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख अतिथित्व रहेको थियो । 
 
कार्यक्रममा बोल्दै सिजापतीले भने, ‘जनकपुरमा टाटाका नंया गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौँ । अब ग्राहकहरूले टाटाको इभि २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजार सम्ममा रोज्न पाउनु हुनेछ। इन्ट्री लेभल गाडीमा टियागो इभि रोज्न सक्नुहुन्छ । साथै बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च इभि, अलि धेरै र टाढा यात्रा गर्नेले नेक्सन के३ इभि र प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउनेले कर्भ इभि टप भेरिएन्ट लिन सक्नुहुन्छ। साथै भारतमा टाटा कम्पनीले राखेको चार्जिङ्ग सुविधाको फाइदा उठाउन सक्नुहुन्छ।’

त्यस्तै  गिरिजा अटोमोवाइलस्का प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा इभिको बढी रेञ्ज भएको गाडीको आवश्यकता थियो र आज कर्भ इभि र नेक्सन के३ इभिले त्यो पुरा गरेको बताए ।    

जनकपुरमा लन्च सकेर अब टाटाका नंया गाडीहरूको रिजनल लन्च बिरगंजमा हुन लागेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ५६ बजे

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन

मौन अवधि सुरु हुँदा बालेनको स्टाटस- ‘मेरो देशलाई शुभकामना’

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको

आज २०८२ साल फागुन १९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन