एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए « Khabarhub

एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बैतडी – माध्यमिक परीक्षा (एसइई)का लागि जिल्लामा २७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्ला परीक्षा समन्वय समितिले आगामी चैत ७ गतेदेखि सञ्चालन हुने एसइई परीक्षाका लागि २७ वटा परीक्षा केन्द्र निर्धारण गरेको हो ।

यो वर्ष दुई वटा परीक्षा केन्द्र थप गरिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो । प्राविधिक धारतर्फका परीक्षार्थीका लागि वीरेन्द्र मावि शाहिलेक (ख) केन्द्र र ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थीका लागि वीरेन्द्र मावि शाहिलेक (ग)केन्द्र कायम गरिएको उनले बताउ ।

प्राविधिक धारतर्फका सात वटै विद्यालयका लागि वीरेन्द्र मावि शाहिलेक ९ख० केन्द्र कायम गरिएको छ । वीरेन्द्र मावि शाहिलेकमा तीन वटा (क, ख र ग) केन्द्र तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डको पत्रअनुसार जिल्लामा दुई वटा केन्द्र थप गरिएको हो ।

यस वर्षको एसइई परीक्षामा बैतडीका पाँच हजार तीन सय ६२ विद्यार्थीहरु सहभागी हुँदैछन् । नियमित र ग्रेडवृद्धि गरेर पाँच हजार तीन सय ६२ जना परीक्षार्थीले एसइई परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए ।

साधारणतर्फका नियमित दुई हजार एक सय १५ छात्रा र एक हजार नौ सय ७६ छात्र गरेर चार हजार ९१ परीक्षार्थी सहभागी हुनेछन् । त्यसैगरी प्राविधिक धारतर्फका नियमित ९६ छात्रा र एक सय २० छात्र गरेर दुई सय १६ परीक्षार्थी सहभागी हुने शर्माले बताए ।

पाँच सय ८६ छात्रा र चार सय ६९ छात्र गरेर एक हजार पाँच जनाले ग्रेडवृद्धि परीक्षा दिने उनले जानकारी दिए ।बैतडीमा एक सय २८ वटा सामुदायिक र पाँच वटा संस्थागत विद्यालयका परीक्षार्थीले एसइई परीक्षामा सहभागिता जनाउने छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ९ : ३२ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल