पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’ « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो सिद्धबाबा मन्दिर र थाप्ले टाइगर हिललाई पर्यटन प्रवर्द्धन गर्न हाइकिङ गरिएको छ ।

हाइकिङका माध्यमबाट पोखरा र आसपासका गाउँलाई प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ५६औँ श्रृङ्खलामार्फत उल्लेरी गाउँलाई समेटेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए ।

हरेक महिनाको अन्तिम शनिबार हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मूल नाराका साथ हुँदै आएको हाइकिङको ५६औँ श्रृङ्खलामा यहाँस्थित थाप्ले टाइगर हिल र चार सय वर्ष पुरानो सिद्धबाबा मन्दिरलाई समेटिएको उनले बताए ।

थाप्ले टाइगर हिल व्यवस्थापन समितिका अध्यक्ष मानसिं गुरुङका अनुसार चार सय वर्षअघि उल्लेरी गाउँका वस्तुभाउ बिरामी हुने, चरनमा गएका हराउने भएपछि खोजी गरिदा सिद्धबाबाको मन्दिर राख्नुपर्ने कुरा आएसँगै यहाँ त्यस समयदेखि मन्दिर राखी पूजाआजा गरिँदै आइएको हो ।

हाल यस ठाउँमा भ्यु टावर, स्तुपा, प्रतिक्षालय, शौचालय, जंगली जनावरका लागि प्लास्टिक पोखरीलगायतका पूर्वाधार निर्माण गरिएको छ ।

भुम्दिस्थित पैँयु चौताराबाट गरिएको यस संस्करणको हाइकिङमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दिपक भण्डारी, लोक गायक छवि घर्तिमगर र गायिका दिलकुमारी खाँणलगायत ३२ जनाको सहभागिता रहेको क्लबले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १० : १० बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका