पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’ « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो सिद्धबाबा मन्दिर र थाप्ले टाइगर हिललाई पर्यटन प्रवर्द्धन गर्न हाइकिङ गरिएको छ ।

हाइकिङका माध्यमबाट पोखरा र आसपासका गाउँलाई प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ५६औँ श्रृङ्खलामार्फत उल्लेरी गाउँलाई समेटेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए ।

हरेक महिनाको अन्तिम शनिबार हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मूल नाराका साथ हुँदै आएको हाइकिङको ५६औँ श्रृङ्खलामा यहाँस्थित थाप्ले टाइगर हिल र चार सय वर्ष पुरानो सिद्धबाबा मन्दिरलाई समेटिएको उनले बताए ।

थाप्ले टाइगर हिल व्यवस्थापन समितिका अध्यक्ष मानसिं गुरुङका अनुसार चार सय वर्षअघि उल्लेरी गाउँका वस्तुभाउ बिरामी हुने, चरनमा गएका हराउने भएपछि खोजी गरिदा सिद्धबाबाको मन्दिर राख्नुपर्ने कुरा आएसँगै यहाँ त्यस समयदेखि मन्दिर राखी पूजाआजा गरिँदै आइएको हो ।

हाल यस ठाउँमा भ्यु टावर, स्तुपा, प्रतिक्षालय, शौचालय, जंगली जनावरका लागि प्लास्टिक पोखरीलगायतका पूर्वाधार निर्माण गरिएको छ ।

भुम्दिस्थित पैँयु चौताराबाट गरिएको यस संस्करणको हाइकिङमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दिपक भण्डारी, लोक गायक छवि घर्तिमगर र गायिका दिलकुमारी खाँणलगायत ३२ जनाको सहभागिता रहेको क्लबले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १० : १० बजे

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका