भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक « Khabarhub

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई पोसाक वितरण गरेका छन् ।

आफूले प्राप्त गरेको भत्ता वापतको रकमबाट सोही वडाको अन्तरराष्ट्रिय युवा वर्ष आधारभूत विद्यालय वितलवका १४ जना विद्यार्थीलाई आज विद्यालय पोसाक र स्टेशनरी सामग्री वितरण गरेका हुन् ।

सामुदायिक विद्यालयमा विपन्न छोराछोरी अध्ययन गर्ने भएकाले, उनीहरुलाई पठनमाठनमा सहयोग पु-याउने उद्देश्यले पोसाक र स्टेशनरी सामग्री वितरण गर्दै आएको अध्यक्ष ताम्राकारले बताए ।

गतवर्ष सदरमुकामस्थित बालमन्दिरका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका थिए । यसवर्ष सदरमुकाम नजिकै रहेको युवा वर्ष आविका विद्यार्थीलाई सरकारी मापदण्ड अनुसारको सर्टपाइन्ट, स्वीटर, जुत्ता र टोपीका साथै पेन्सिल, र कापी वितरण गरेका हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १० : १९ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६