बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४१ पैसा र बिक्रीदर १३९ रुपियाँ ०१ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ८९ पैसा र बिक्रीदर १५३ रुपियाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७८ रुपियाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ ८९ पैसा र बिक्रीदर १६५ रुपियाँ ६१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपियाँ ०९ पैसा र बिक्रीदर ८३ रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ४५ पैसा र बिक्रीदर ९७ रुपियाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपियाँ ६३ पैसा र बिक्रीदर १०३ रुपियाँ ०८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८३ पैसा र बिक्रीदर १८ रुपियाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८७ पैसा र बिक्रीदर ३७ रुपियाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९७ पैसा र बिक्रीदर ३८ रुपियाँ १३ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ र बिक्रीदर चार रुपियाँ दुई पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६८ पैसा र बिक्रीदर ३७ रुपियाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ७९ पैसा र बिक्रीदर ३० रुपियाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ८६ पैसा र बिक्रीदर १३ रुपियाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ४७ पैसा र बिक्रीदर २० रुपियाँ ५६ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८५ पैसा र बिक्रीदर १७ रुपियाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ १९ पैसा र बिक्रीदर ४५२ रुपियाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ १२ पैसा र बिक्रीदर ३६८ रुपियाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ५० पैसा र बिक्रीदर ३६१ रुपियाँ ०६ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर कन्द्रीय बैङ्कका ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ५ : ५१ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण