जनताको सेवामा प्रभावकारी काम गर्न सरकार प्रतिबद्ध : मन्त्री गुरुङ « Khabarhub

जनताको सेवामा प्रभावकारी काम गर्न सरकार प्रतिबद्ध : मन्त्री गुरुङ


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सञ्चार तथा सूचना  प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको सेवामा थप प्रभावकारी काम हुनेगरी सरकार लागिपरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुगल गाउँपालिका कमिटीको दोस्रो पालिका अधिवेशन उद्‌घाटन समारोहमा उनले अब कुनै पनि सरकारी निकायमा पुगेको ‘फाइल’ एक साताभित्र टुङ्गो लाग्ने गरी सुनिश्चित गर्न सरकारले आवश्यक प्रबन्ध मिलाएको बताए ।

एमाले उपमहासचिव गुरुङले भने, ‘सरकार नागरिकको सेवामा तत्पर छ । समृद्धिको यात्रामा निरन्तर अघि बढिरहेका छौँ । नागरिकको प्रतिव्यक्ति आय वृद्धि गर्न सरकार आवश्यक काम गर्छ ।’

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्यहरू सुरेश नेपाल, सुवास कर्माचार्य, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, नेता अमानसिं तामाङलगायतले सम्बोधन गरेका थिए ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने एमाले जुगल गाउँपालिका अध्यक्ष छिरिङ लामाले जानकारी दिए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ७ : २१ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार