कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य « Khabarhub

चारदेशीय टी-२० आई सिरिज

कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङमा जारी चारदेशीय टी-२० आई सिरिज अन्तर्गत बिहीबार बिहान जारी खेलमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको छ।

नेपालविरुद्ध सुरुमा ब्याटिङ गरेको कुवेतले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १८५ रन बनाएको हो।

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका बलरविरुद्ध कुवेतले सुरुको पाँच ओभर आक्रामक ब्याटिङ गरेको थियो। कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउँदा मिट भासरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६ रन जोडे।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई विकेट हात पारे। ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पारे। नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरी महंगा सावित भए।

यो चारदेशीय टी–२० आई सिरिजमा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : २६ बजे

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक