कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य « Khabarhub

चारदेशीय टी-२० आई सिरिज

कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य


२७ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङमा जारी चारदेशीय टी-२० आई सिरिज अन्तर्गत बिहीबार बिहान जारी खेलमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको छ।

नेपालविरुद्ध सुरुमा ब्याटिङ गरेको कुवेतले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १८५ रन बनाएको हो।

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका बलरविरुद्ध कुवेतले सुरुको पाँच ओभर आक्रामक ब्याटिङ गरेको थियो। कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउँदा मिट भासरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६ रन जोडे।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई विकेट हात पारे। ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पारे। नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरी महंगा सावित भए।

यो चारदेशीय टी–२० आई सिरिजमा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ८ : २६ बजे

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित