सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले बढ्यो, तोलामा १ लाख ८१ हजार नाघ्यो  « Khabarhub

सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले बढ्यो, तोलामा १ लाख ८१ हजार नाघ्यो 


२७ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ५ हजार सात सय रुपैयाँले बढेको जनाएको छ ।

महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  १० : ५८ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई