गगन थापाको प्रश्न- निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा भए के गर्थे होलान् ?  « Khabarhub

गगन थापाको प्रश्न- निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा भए के गर्थे होलान् ? 


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा वीरेन्द्रको पारिवारिक वंशनाश हुँदा १३ दिन कपाल खौरिएर शोक मनाएको जनाएका छन् ।

माता पिता जिउँदै रहँदा पनि कहिल्यै कपाल नखौरेको बेला आफूले कपाल खौरेर वीरेन्द्रको वंशनाशमा शोक मनाएको जनाउँदै थापाले शीतल निवासमा बसेर उत्पात मच्चाउने काम भएको जनाएका हुन् ।

‘राजा वीरेन्द्रको वंशनाश हुँदा १३ दिन कपाल खौरिने मै हुँ, जुनबेला गिरिजाबाबुले ढुंगामुढा खाइरहनु भएको थियो, राजसंस्थाप्रति त्यस्तो सम्मान थियो’ थापाले भने, ‘तर अहिले शीतल निवासमा हुँदा त काठमाडौंमा यत्रो उत्पात मच्चाउने काम भएको छ, नारायणहिटीमै भएको भए के हुन्थ्यो, कल्पना गर्नु त ।’

नेपाली कांग्रेसले संवैधानिक राजसंस्थाप्रति सदैव सम्मान गरेको तर राजाहरूलाई नपचेको उनले जनाएका छन् । ‘बिपी कोइरालामाथि राजद्रोहसहित ७–७ मुद्दा लाग्दा पनि बोकेर हिड्नु भयो, गिरिजाबाबुले ढुंगामुढा खाँदा पनि संवैधानिक राजसंस्था भन्नुभयो तर राजाले के गरेत भने उल्टै कांग्रेसलाइ नै दुःख दिने काम गर्‍यो ।’

उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै नेता मन नपरे परिवर्तन गर्न सकिने बताए । ‘५ बर्से व्यवस्था छ, सोही व्यवस्थामा टेकेर असल नेताहरू छान्ने कामतर्फ लाग्यौँ । ‘कतिसम्म राजाकोविरुद्ध किताब लेख्ने मेरै क्षेत्रका नवराज सुवेदीलाई उचालेर राजाले उपद्रो मच्चाउन लगाए, योबाटै बुझिन्छ कि राजतन्त्र फर्कियो भने के हुन्छ ?’ उनको प्रश्न थियो ।

गणतन्त्रको विकल्प नभएको भन्दै सबैलाई सामाजिक सञ्जालबाट भएपनि जनचेतना जगाउन उनले आग्रहसमेत गरेका छन् ।

 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १ : ०९ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर