खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस « Khabarhub

खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– लामो समयको खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस गराएको छ ।
 
जल तथा मौसम विज्ञान फिल्ड कार्यालय सिमराका अनुसार आज बिहान पर्सामा ७२ मिलीमिटर र बारामा आठ दशमलव पाँच मिलीमिटर वर्षा भएको छ । 

वीरगञ्ज महानगर–२१ पटेल नगरका शिवहरि पटेलले वर्षात्को पानीले चैते धानको लागि फाइदा पुगेको बताए । ‘खडेरीले सबै फसल सुक्न लागिसकेको थियो’, उनले भने, ‘वर्षात्ले केही हदसम्म भए पनि राहत महसुस गराएको छ ।’

पछिल्लो समय तराई–मधेसमा गहुँ काट्ने सिजन चलिरहेको छ । चैते धान तथा मकैखेती सिजन सुरु भएको छ । वीरगञ्ज महानगर–२४ बहुअरीका किसान सितासमा चौहानले वर्षात्को पानीले तरकारीखेती गर्नका लागि सहज भएको बताए । पर्सामा ४७ हजार १०३ हेक्टरमा धानखेती हुने गर्छ । 

त्यसैगरी पर्वत संवाददाताका अनुसार छ महिना लामो खडेरीपछि वर्षा हुँदा कृषकहरूले राहत महसुस गरेका छन् । 

खडेरीले हिउँदे खेती प्रभावित भएपछि निराश बनेका कृषकहरू  बुधवार रातीदेखिको वर्षापछि हर्षित भएका हुन् । वर्षा नहुँदा मकै सुक्न थालेका थिए भने कोदो र धानको बीउ उम्रिन सकेको थिएन । 

वर्षा नभएका कारण गहुँ, आलु, जौ, फापरलगायतको खेती फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताए । जिल्लामा सिंचाई सुविधा पुगेको आठ हजार हेक्टर बाहेक अधिकांश स्थानका कृषकहरू आकाशे पानीमा निर्भर छन् । 

‘खडेरीका कारण मकै गोडमेल गर्न पाइएको थिएन, अब सहज भएको छ’, ठुलीपोखरीका कृषक रामप्रसाद सापकोटाले भने । ढिलो गरी वर्षा भए पनि बारीमा मकै लगाउन, लहरेवालीलगायत विभिन्न तरकारी र वर्खे आलु खेती गर्न सहज भएको कृषकहरूको भनाई छ । 

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतले ह्रास आएको छ । सबैभन्दा धेरै तेलहन र गहुँवाली प्रभावित भएको वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले जानकारी दिए । 
 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १ : ४८ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक