ब्राउन सुगरसहित बाराबाट दुई भारतीय पक्राउ  « Khabarhub

ब्राउन सुगरसहित बाराबाट दुई भारतीय पक्राउ 


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

रौतहट– बारा प्रहरीले ट्याक्टरको तेल ट्यांकी भित्र राखेर ल्याइएको ठूलो परिमाणमा ब्राउन सुगरको तस्करी गर्ने दुई जना भारतीय तस्करलाई बारास्थित  पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला शिवनगर ईनरवा पञ्चायत वडा २ का ट्याक्टर चालक ३० वर्षीय टुटु कुमार र सोही ठाउँका ३२ वर्षीय टुटु अंसारी रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताएका छन् । 

विशेष सूचनाको आधारमा २७ गते दिउँसो साढे बजे जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले फेटा गाउँपालिका ३ चौतारा स्थित भारत बिहार घोडासाहनबाट आउँदै गरेको  ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेक जाँच गरिएको थियो।

चेकजाँचको क्रममा तेलको ट्याङ्की भित्र पलाष्‍टिकमा बेरी लुकाई छिपाई लगी रहेको ब्राउन सुगर १५८ ग्राम ९१० मिलि ग्राम बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताएका छन्।

बरामद लागूऔषध ब्राउन सुगर, ट्याक्टर सहित दुवै जना भारतीय नागरिक लाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडी बढाइएको बारा प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

अभियान अन्तर्गत प्रहरी ठूलो परिमाणमा लागूऔषध, भन्सार छलीको सामान बरामद गर्नुका साथै दर्जनौँ कारोबारी लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ३ : ५२ बजे

कृषि सिकाइको पाठशाला बन्दै कडरिया एकीकृत कृषि फर्म

गण्डकी– कृषि प्रतिको अनिच्छासँगै युवा पलायनका कारण खेतबारीहरू बाझिँदै गरेका

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी