‘मुलुकको समान विकासका लागि संघीय शासन प्रणाली बलियो बनाउनुपर्छ’ « Khabarhub

‘मुलुकको समान विकासका लागि संघीय शासन प्रणाली बलियो बनाउनुपर्छ’


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समान विकासका लागि संघीय शासन प्रणालीलाई बलियो बनाउनुपर्ने बताएका छन् । 

बिहीबार ललितपुरमा प्रदेश सुशासन केन्द्र बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले तीनै तहले समानताको अभ्यास गर्दै मुलुकको समान विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

 एकात्मक शासन प्रणालीका कारण सङ्घीयताको कार्यान्वयनमा अझै पनि समस्या रहेको भन्दै उनले वित्तीय सङ्घीयतालाई बलियो बनाउनुपर्ने धारणा राखे ।

संघीय व्यवस्थाको मर्म र भावनालाई आत्मसात् गरी समावेशी ढङ्गबाट मुलुकको विकास गर्नुपर्ने उनले बताए । उनले प्रदेश सरकारले पनि आफ्नो औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्नेमा जोड दिए ।  

गुरुङले सङ्घीयताको महत्त्व बढ्न नसक्नुको कारणमा सबै राजनीतिक पार्टीले समेत ध्यान दिनुपर्ने बताए  । 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : ०९ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित