युक्रेनको दाबी- रूसका लागि युद्ध लड्दैछन् चिनियाँ नागरिक, दुईजना समातिए « Khabarhub

युक्रेनको दाबी- रूसका लागि युद्ध लड्दैछन् चिनियाँ नागरिक, दुईजना समातिए


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले तीन वर्षदेखि जारी युद्धमा रूसको पक्षबाट १५५ भन्दा धेरै चिनियाँ नागरिकहरूले युद्ध लडिरहेको दाबी गरेका छन् ।

जेलेन्स्कीले देशको जासुसी एजेन्सीलाई उद्धृत गर्दै जनाएअनुसार रूसको तर्फबाट युद्ध लडिरहेका ११५ चिनियाँ नागरिकको पहिचान गरिएको छ ।

उनका अनुसार यसरी युद्ध लडिरहेका चिनियाँको संख्या योभन्दा अझै बढी पनि हुन सक्छ । जेलेन्स्कीले पहिचान गरिएका चिनियाँ नागरिकको नाम र राहदानीको जानकारी आफूसँग रहेको पनि बताएका छन् । यसबारेमा चीनले पनि जवाफ फर्काएको छ ।

यो कुरा बताउनु एक दिनअघि नै जेलेन्स्कीले युक्रेनी सेनाले रूसको तर्फबाट युद्ध लडिरहेका २ चिनियाँ नागरिकलाई पूर्वी युक्रेनबाट गिरफ्तार गरिएको बताएका थिए । उनले यससम्बन्धी एक भिडियो नै सार्वजनिक गरेका थिए ।

बुधवार मात्रै जेलेन्स्कीले सञ्चारमाध्यमसँग कुरा गर्दै रूसले सामाजिक सञ्जालमार्फत् चिनियाँ नागरिकलाई आफ्नो सेनामा भर्ती गरिरहेको बताएका थिए ।

उनका अनुसार चीनलाई पनि यसबारेमा जानकारी छ। तर युक्रेनका अधिकारी चिनियाँ नागरिकलाई युद्ध लड्न त्यहाँको सरकारले नै पठायो या आफूखुसी आए भन्ने कुराको निचोडमा पुग्न सकेका छैनन् ।

जेलेन्स्कीले यसबारे भने, ‘चीनका १५५ जना युवाको नाम, राहदानी र अन्य जानकारी हामीसँग छ । यी चिनियाँ नागरिक युक्रेनी क्षेत्रमा हामीविरुद्ध लडिरहेका छन् । हामी थप विवरण जुटाइरहेका छौँ । हामीलाई विश्वास छ, यो युद्धमा अझै बढी संख्यामा यस्ता मानिस संलग्न छन् ।’

जेलेन्स्कीले उत्तर कोरियालपछि चिनियाँ नागरिकलाई पनि युद्धमा तानेर रूसले यस तनावलाई अझै लम्ब्याउन चाहेको जिकिर गरेका छन् ।

‘चिनियाँ नागरिकलाई यस युद्धमा संलग्न गराएर रूस युद्धलाई अझै बढाउन चाहन्छ । यो रूसको दोस्रो गल्ती हो । पहिलो गल्ती उत्तर कोरियाका सैनलाई युद्धमा सामेल गरेर गरिसकेको छ। रूस अन्य देशका नागरिकलाई पनि युद्धमा तानिरहेको छ । मलाई लाग्छ, रूस यो युद्धमा चीनलाई पनि प्रत्यक्ष रुपमा जोड्न चाहन्छ ।’

यस क्रममा जेलेन्स्कीले रूससँग यदि बन्दी बनाइएका आफ्ना सैनिक छाडेमा समातिएका चिनियाँ युद्धबन्दीलाई फिर्ता पठाइदिने शर्त राखेका छन् । युक्रेनी राष्ट्रपतिले अमेरिकालाई पनि सन्देश पठाउँदै रूसको यो हर्कत देख्नुपर्ने जिकिर गरेका छन् । अमेरिकाले यसबारेमा अडा प्रतिक्रिया दिनुपर्ने उनको जिकिर छ ।

चीनले के भन्यो ?

चीनले भ्लोदोमिर जेलेन्स्कीको दाबीलाई सिधै खारेज गरिदिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले युक्रेनी राष्ट्रपतिको दाबीमा सत्यता नरहेको बताएका छन् ।

उनले चीन सरकारले आफ्ना नागरिकलाई कुनै पनि युद्धमा नजान पहिले नै चेतावनी दिइसेको बताएका छन् । तर पनि लिन जियानले युक्रेनी दाबीलाई लिएर अहिले चीन छानबिन प्रक्रियामा रहेको बताए । चीनले रूससँग संवाद गरेर यस प्रकरणको सूचना लिइने पनि जनाएको छ ।

अमेरिका के भन्छ ?

यस मामिलामा अमेरिकी स्टेट डिपार्टमेन्टकी प्रवक्ता ट्यामी ब्रुसले बोलेकी छन् । उनले सञ्चारमाध्यमसँगको कुराकानीमा चीन पहिलेबाटै युक्रेनविरुद्धको युद्धमा रूसको एक प्रमुख सहयोगी बनेर उभिएको बताइन् ।

ब्रुसले अहिले पनि चीनले रूसलाई प्राविधिक र अन्य सहयोग गरिरहेको बताएकी छन् । तर चिनियाँ नागरिकहरू रूसका लागि लडिरहेको खबर अझै चिन्ताजनक र गम्भीर रहेको पनि उनको टिप्पणी छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : ३५ बजे

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी

काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान