शिक्षामन्त्री र शिक्षक महासंघका पदाधिकारीबीच छलफल « Khabarhub

शिक्षामन्त्री र शिक्षक महासंघका पदाधिकारीबीच छलफल


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षामन्त्री विद्या भट्टराई र शिक्षक महासंघका पदाधिकारीबीच मन्त्रालयमा छलफल जारी छ । ५ बजेबाट छलफल भइरहेको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार छलफलमा मन्त्रीसहित मन्त्रालयका सचिव दीपक काफ्ले  र अन्य दुई पदाधिकारी छन् । यस्तै शिक्षक महासंघको तर्फबाट सह अध्यक्ष नानुमाया पराजुली र अन्य ३ जना पदाधिकारीबीच छलफल भइरहेको छ । 

शिक्षा मन्त्रालयका सूचना तथा गुनासो सुन्ने अधिकारी, उपसचिव नीलकण्ठ ढकालका अनुसार आजको छलफलमा शिक्षकको माग सम्बोधन गर्नका लागि विभिन्न विकल्पहरूको बारेमा पनि कुराकानी भएको छ । 

‘उहाँहरूको कुरा मसिनो ढंगबाट सुन्ने र माग सम्बोधनका विषयमा विभिन्न विकल्पहरूबारे छलफल भइरहेको छ ।’ ढकालले खबरहबलाई भने, ‘आजको छलफलले केही निष्कर्ष दिन्छ । उहाँहरू भोलिबाट आन्दोलन रोक्नुहुन्छ भन्ने लागेको छ । सरकार उहाँहरूप्रति नकारात्मक कहिले छैन ।’ 

देशभरका शिक्षकहरू २० चैतदेखि  काठमाडौंमा सडक आन्दोलनमा रहेका छन् ।  गत सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा समेत भएको छ । अहिले विद्यालयमा  विद्यार्थी भर्नाको कार्यक्रम सुरु हुन लागेको छ  ।

शिक्षामन्त्री भट्टराई पनि पूर्व शिक्षक नै हुन् । उनी शिक्षण पेसा छाडेर राजनीतिमा लागेकी थिइन ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ७ : २६ बजे

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष