बाँके र बर्दिया आउन चाहे कर्णालीमा स्वागत गर्छौँ : मुख्यमन्त्री कँडेल « Khabarhub

बाँके र बर्दिया आउन चाहे कर्णालीमा स्वागत गर्छौँ : मुख्यमन्त्री कँडेल


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्ला कर्णालीमा आए स्वागत गर्ने बताएका छन् ।

आफू एक वर्ष मुख्यमन्त्री भएपछि आफूले गरेका कामका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँके बर्दिया जिल्ला कर्णालीमा मिलाउन सके स्वागत गर्ने बताएका छन् ।

पत्रकारहरूले राखेको प्रश्नको उत्तर दिँदै यद्यपि यो विषय आफ्नो नभएको उहाँहरूको नै भएको मुख्यमन्त्री कँडेलले बताए । ‘बाँके र बर्दिया जिल्ला कर्णालीमा मिलाउने कुरा हाम्रो काबु बाहिरको विषय हो,’ उनले भने, ‘त्यो उहाँहरूले निर्णय गर्ने विषय हो ।’

मुख्यमन्त्री कँडेलले बाँके र बर्दिया जिल्ला हिजो पनि कर्णालीमा राख्ने विषयमा विमति नभएको अहिले पनि स्वागत गर्न तयार भएको बताए । ‘आउन तयार भएको दिन कसरी स्वागत गर्नुपर्छ हामी सल्लाह गरौँला,’ उनले भने,‘अब तयार उहाँहरू हुनुपर्छ हामी त हिजो पनि आज पनि बाँके र बर्दियालाई कर्णालीमा मिलाउनुपर्छ भन्नेमा तयार नै छौँ ।’

विभिन्न समयमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउनुपर्ने भन्दै आवाज उठ्दै आएको बेला मुख्यमन्त्री कँडेलले आफूहरूको लागि स्वागत योग्य विषय भएको बताएका छन् ।

यसभन्दा धेरै पहिला बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्ने निर्णय गरिसकेका छन् । यो विषयमा अहिले कर्णाली र लुम्बिनी प्रदेशमा बहस हुँदै आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ७ : ३४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित