धनकुटामा एकमहिने फोटो प्रदर्शनी सुरू | Khabarhub Khabarhub

धनकुटामा एकमहिने फोटो प्रदर्शनी सुरू


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनकुटा – कोशी प्रदेश सङ्ग्रहालयमा देशका ऐतिहासिक तथा पुरातात्विक स्थानहरूका विशेषता झल्किने फेटो प्रदर्शनी सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनकुटामा आजदेखि सुरु गरिएको प्रदर्शनी एक महिनासम्म सञ्चालन हुनेछ ।

हनुमानढोका दरबार सङ्ग्रहालय वसन्तपुर, काठमाडौँले आयोजना गरेको प्रदर्शनीको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्घाटन गर्नुभएको छ । प्रदर्शनीमा ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेका, धार्मिक, सांस्कृतिक र जनजीवनसँग सम्बन्धित ६० नयाँ तथा पुराना तस्बिरहरू राखिएका छन् ।

तस्बिर प्रदर्शनीको माध्यमबाट जिल्लाका साथै समग्र देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दरबार सङ्ग्रहालयका प्रमुख काजी प्याकुरेलले जानकारी दिए ।

एक महिनासम्म निःशुल्क आयोजना गरिने यस प्रदर्शनीले नयाँ पुस्ताले संस्कृति र परम्पराका बारेमा अध्ययन गर्नसक्ने उनले बताए । प्रदेश सङ्ग्रहालय प्रदर्शनी अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : १७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक

आज २०८२ साल कात्तिक १० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा

हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति

काठमाडौं- काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त