धनकुटामा एकमहिने फोटो प्रदर्शनी सुरू « Khabarhub

धनकुटामा एकमहिने फोटो प्रदर्शनी सुरू


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनकुटा – कोशी प्रदेश सङ्ग्रहालयमा देशका ऐतिहासिक तथा पुरातात्विक स्थानहरूका विशेषता झल्किने फेटो प्रदर्शनी सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनकुटामा आजदेखि सुरु गरिएको प्रदर्शनी एक महिनासम्म सञ्चालन हुनेछ ।

हनुमानढोका दरबार सङ्ग्रहालय वसन्तपुर, काठमाडौँले आयोजना गरेको प्रदर्शनीको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्घाटन गर्नुभएको छ । प्रदर्शनीमा ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेका, धार्मिक, सांस्कृतिक र जनजीवनसँग सम्बन्धित ६० नयाँ तथा पुराना तस्बिरहरू राखिएका छन् ।

तस्बिर प्रदर्शनीको माध्यमबाट जिल्लाका साथै समग्र देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दरबार सङ्ग्रहालयका प्रमुख काजी प्याकुरेलले जानकारी दिए ।

एक महिनासम्म निःशुल्क आयोजना गरिने यस प्रदर्शनीले नयाँ पुस्ताले संस्कृति र परम्पराका बारेमा अध्ययन गर्नसक्ने उनले बताए । प्रदेश सङ्ग्रहालय प्रदर्शनी अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : १७ बजे

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन