रुसमा चार स्वतन्त्र पत्रकारलाई छ वर्ष जेल सजाय « Khabarhub

रुसमा चार स्वतन्त्र पत्रकारलाई छ वर्ष जेल सजाय


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी अभियोजनकर्ताहरूले विपक्षी नेता एलेक्सी नाभाल्नीको सङ्गठनलाई सहयोग गरेको आरोपमा चार जना स्वतन्त्र पत्रकारलाई छ वर्षको जेल सजायको माग गरेका छन् ।

मस्कोले सन् २०२२ को युक्रेन आक्रमण सुरु गर्नुभन्दा केही समयअघि नै नाभाल्नीको सङ्गठनलाई ‘अतिवादी’ भन्दै प्रतिबन्ध लगाएको थियो र गत वर्ष आर्कटिक जेलमा नाभाल्नीको मृत्युपछि पनि उनीहरूसँग सम्बन्ध रहेको ठानिएका जो कोहीमाथि पनि कारबाही जारी राखेको छ ।

युक्रेनमा सेना पठाएपछि रुसले रूसी सङ्घ, सङ्गठन वा समूहहरूलाई सोभियत कालको उत्तरार्धसँग तुलना गर्न प्रतिबनध गरेको छ । पत्रकार एन्टोनिना क्राभत्सोभा, कोन्स्टेन्टिन गाबोभ, सर्गेइ कारेलिन र आर्टेम क्रिगरमाथि ‘अतिवादी समूहमा भाग लिएको’ आरोप लागेको छ ।

अभियोजनकर्ता नादेज्दा तिखोनोभाले ती सबैलाई पाँच वर्ष ११ महिना जेल सजायको माग गरेको मस्कोको नागाटिन्स्की अदालतले जनाएको छ । यस्तो कसुरमा बढीमा छ वर्षको जेल सजाय हुन सक्छ ।

समाचार संस्था मिडियाजोनाका अनुसार पत्रकारहरूलाई सुनुवाई स्थगित हुनुभन्दा पहिले हलमा राखिएको बेला अभियोजनकर्ताले अनुरोध गरेको सजायलाई पत्रकारले बाहिर ल्याउन र सञ्चारमाध्यममार्फत् सार्वजनिक गर्न सफल भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक तथा मुख्य प्रतिद्वन्द्वी नाभाल्नीको मृत्यु भएको केही महिनापछि गत वर्षको वसन्त र ग्रीष्मऋतुमा उनीहरूलाई पक्राउ गरिएको थियो । युक्रेन आक्रमणको समयमा रुसमा सामान्य रूपमा देखापरेझैं उनीहरूलाई बन्द ढोकापछाडि मुद्दा चलाइएको थियो।

स्वतन्त्र अनलाइन पत्रिका सोटाभिजनमा काम गर्ने गरेकी र उपनाम एन्टोना फेवर्सकायाबाट ख्याति कमाएकी ३४ वर्षीया फोटोग्राफर क्राभत्सोभा दुई वर्षदेखि नाभाल्नीको मुद्दाको कभरेज गरिरहनुभएको थियो । उहाँले नाभाल्नीको मृत्यु हुनुभन्दा दुई दिनअघि मात्र अदालतमा भिडियोलिङ्कमार्फत नाभाल्नीकोे अन्तिम उपस्थितिको भिडियो खिच्न सफल हुनुभएको थियो ।

पत्रकार गाबोभ र करेलिनमाथि नाभाल्नीको सामाजिक सञ्जाल च्यानलका लागि फोटो र भिडियो सामग्री तयार पारेको आरोप लागेको छ । अभियुक्तमध्ये सबैभन्दा कान्छो २४ वर्षीय क्रिगरले एसओटी एभीजनका लागि राजनीतिक मुद्दा र विरोध प्रदर्शनलाई कभरेज गर्नुभएको थियो ।

मस्कोले युक्रेनको आक्रमणको आलोचनामा प्रतिबन्ध लगाएको छ, जसका कारण देशका अधिकांश स्वतन्त्र सञ्चारमाध्यमहरूरूस बाहिरबाट सेवा सञ्चालन गर्न बाध्य भएका छन्।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : ३० बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर