दुर्गा प्रसाईं भारतमा पक्राउ « Khabarhub

दुर्गा प्रसाईं भारतमा पक्राउ


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत १५ गते तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार उनलाई काकडभिट्टा हुँदै नेपाल ल्याइँदै छ । प्रसाईं भागेर भारत पुगेको सुचना पाएको प्रहरीको विशेष टोलीले भारत केन्द्रीत खोजी गरेको थियो ।

यता दुर्गाकाे सचिवालयले उनले आसाम राज्य प्रहरी समक्ष आत्मसमपर्ण गरेकाे बताएकाे छ ।

चैत्र १५ गते तीनकुनेबाट फरार रहेका प्रसाईंले दुई वटा भिडियो सामाजिक सञ्जालमा समेत अपलोड गरेका थिए । उक्त भिडियोमा उनले आफू भागेको नभइ सुरक्षित स्थानमा बसेको बताएका थिए ।

प्रसाईंको नेतृत्वमा तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । भने लुटपाट र तोडफोड समेत भएको थियो ।

याे पनि…

दुर्गा प्रसाईंलाई कमल थापाको सुझाव– भागेर हुँदैन, प्रहरीको सम्पर्कमा आएको राम्रो

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ९ : ०६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित