पत्रकार रजकको परिवारलाई न्याय दिलाउन माओवादीले पहल गर्ने « Khabarhub

पत्रकार रजकको परिवारलाई न्याय दिलाउन माओवादीले पहल गर्ने


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का उपअध्यक्ष अग्निप्रसाद सापकोटाले दुर्गा प्रसाई समूहले गरेको आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई न्याय दिन आफ्नो पार्टीले सरकारलाई दबाब दिइरहेको बताएका छन् ।

बिहीबार ताहाचलस्थित रजकको घर पुगी उनले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराइरहेको बताए।

पीडित परिवारको साथमा माओवादी पार्टी रहेको उल्लेख गर्दै प्रवक्ता सापकोटाले परिवारले उठाएको मागमा आफूहरूको पनि समर्थन रहेको स्पष्ट पारे । त्यसक्रममा रजकका परिवारजनले घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कडा कारबाही, सुरेशलाई सहिद घोषणा र तीनकुनेमा उनको सालिक बनाउन पहल गर्न आग्रह गरेका थिए ।

विवादित मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको पूर्वराजा ज्ञानेन्द्र शाह समर्थित भीडले यही चैत १५ गते तीनकुनेमा निजी घरमा गरेको तोडफोड र आगजनीमा परी प्रदर्शनको दृश्य छायाङ्कन गरिरहेका पत्रकार रजकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १० : ४५ बजे

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन