प्रहरीले भन्याे : दुर्गा प्रसाईं फरार छन्, खोजी हुँदैछ | Khabarhub Khabarhub

प्रहरीले भन्याे : दुर्गा प्रसाईं फरार छन्, खोजी हुँदैछ


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईको खोजी कार्य जारी रहेको बताएको छ ।

बिहीबार अबेर राति नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले एक विज्ञप्ती जारी गर्दै ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा प्रकाशन भएका विभिन्न समाचारहरू प्रति ध्यानाकषर्ण भएको जनाएका हुन् ।

विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचिमा रहेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचिमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौँ’ विज्ञप्तीमा उल्लेख छ ।

यता दुर्गा प्रसाईंको सचिवालयले भने प्रसाईंले भारतको आसाम राज्यको प्रहरी समक्ष आत्मसमपर्ण गरेको बताएको छ । सुरक्षाका लागि दुर्गा आँफै प्रहरीसमक्ष आत्मसमपर्ण गरेको सचिवालयले फेसबुकमा लेखेको छ ।

दुर्गा प्रसाईंको सचिवालयको स्टाटस:

प्रहरीकाे विज्ञप्ती

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ११ : २७ बजे

दुई करोड बढीको लगानिमा डेरी व्यवसाय

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज–  डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा

सुनिताको स्वदेश मोह : कोरियाको कमाइ, दुर्गम गाउँमा व्यवसाय 

सुविधाले भरिएको शहरको बसाइ । दुई लाख बढीको मासिक आम्दानी

चालु आर्थिक वर्षमा पाँच करोड राजस्व संकलन

इनरुवा– सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा

भिजाएर वा अंकुरित, कालो चना यसरी खानुहोस् 

काठमाडौं– जब स्वस्थ आहारको कुरा आउँछ, त्यहाँ केही स्वदेशी सुपरफूडहरू