ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ « Khabarhub

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन एवं सुटिङ प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा शुक्रबार पोखरामा आयोजित अवार्ड वितरण समारोहमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उनलाई अवार्ड हस्तान्तरण गरे ।

यसअघि अवार्ड छनोट समितिले उक्त अवार्डका लागि केसीको नाम सिफारिस गरेको थियो । नेपाल सुटिङ सङ्घकी उपाध्यक्ष केसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक हात पारिसकेकी छिन् । बागलुङकी उहाँ सन् २००० मा सिड्नीमा भएको २७औँ ओलम्पिक खेलमा नेपालका तर्फबाट भाग लिई राष्ट्रिय कीर्तिमान राखेकी छिन् ।

उनले इन्डोनेसियामा सन् १९९५ मा सम्पन्न आठौँ एसियन सुटिङ च्याम्पियनसिप, सन् १९९५ मा भारतको मद्रासमा भएको सातौँ साफ गेम, सन् १९९७ मा भारतको न्यू दिल्लीमा सम्पन्न दोस्रो साफ सुटिङ च्याम्पियनसिप, थाइल्यान्डको बैंककमा सन् १९९८ मा सम्पन्न १३औँ एसियन गेम, काठमाडौँमा सन् १९९९ मा सम्पन्न आठौँ साफ गेम, पाकिस्तानमा सन् २००० मा सम्पन्न नवौँ साउथ एसियन सुटिङ च्याम्पियनसिप, कोलम्बोमा सन् २००६ मा सम्पन्न १०औँ साउथ एसियन गेममा सहभागिता जनाएकी थिइन् ।

केसीले नवौँ राष्ट्रिय महिला सुटिङ प्रतियोगिता प्रथम, शुभजन्मोत्सव आठौँ सुटिङ प्रतियोगिता २०५१ मा प्रथम, १२औँ राष्ट्रिय सुटिङ प्रतियोगिता २०५३ मा प्रथम, प्रथम खुला सुटिङ प्रतियोगिता २०५१ मा प्रथम, चौथौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०५५ मा प्रथम र पाँचौ राष्ट्रिय प्रतियोगिता दोस्रो स्थान हासिल गरेकी थिइन् । २०५७ मा गोरखा दक्षिण बाहुबाट सम्मानित उनलाई सरकारले २०६३ उत्कृष्ट खेलाडी घोषित गरेको थियो ।

अवार्ड पाउँदा आफूले खेलका लागि बिताएको विगतप्रति गौरवको महसुस भएको उनको भनाइ छ । केसीले खेलकुदमार्फत देशलाई चिनाउन आफूले सक्दो भूमिका निर्वाह गरेको बताइन् । उचित प्रशिक्षण र वातावरण पाएमा नेपाली खेलाडीले सुटिङमा अन्तर्राष्ट्रिय पदक जित्न सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ७ : २६ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण