म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण « Khabarhub

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७ प्रभुचेला धुरीमा गण्डकी प्रदेश सरकार र समुदायको एक करोडभन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको छ ।

परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको हो ।

प्रदेश सरकारको ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार तथा समुदायले चन्दा सङ्कलन गरेर जुटाएको २८ लाखले तपस्यास्थलका लागि स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर निर्माण भएको प्रभुचेला धुरी प्रवर्द्धन समाजले जनाएको छ ।

विभिन्न दाताहरूले व्यक्तिगत लगानीमा परापूर्वकालमा ऋषिमुनीहरूले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षणका साथै मन्दिर र खानेपानी निर्माण गरिएको समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन) ले बताए । मालिका गाउँपालिकाको सहयोगमा सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको छ ।

पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गरेको कुटीको पुनर्निर्माण  गरेका छन् । छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन् । रुपलाल पुनको संयोजकत्वमा स्वर्गीय मनबहादुर थकाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र ट्याङ्की निर्माण भएको छ ।

परापूर्वकालमा ऋषिमुनीहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण थालिएको थियो । वस्तीदेखि टाढा र जङ्गलको बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि उपयुक्त मानिएको छ ।

पूर्वाधार निर्माण भएपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकलाई सहज भएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमान गर्बुजाले बताए । प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनीहरूका लागि तपस्यास्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरू आउने गर्दथे ।

स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले १९७० देखि १९७५ सालसम्म यही ठाउँमा तपस्या गरेका थिए ।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरी र गुर्जा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । समुन्द्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारीसाधनमा ३० मिनेटमा पुगिन्छ । 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ८ : ०२ बजे

बिहारका नितिन नबीन बने भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष

नयाँदिल्ली- बिहार सरकारका मन्त्री नितिन नबीनलाई भारतीय जनता पार्टी (बीजेपी)

नेपालका परम्परागत खेलको संरक्षण र संवर्द्धन गर्नुपर्छ : मन्त्री नेपाल

काठमाडौं– बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले नेपालका परम्परागत खेलहरू

विद्या भण्डारीबारे ओलीले भने- उहाँलाई माया गरेकै हो, सदस्यता लिन पार्टीमा निवेदन दिनुपर्यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर

सर्वसम्मतिको कार्ड फ्याँक्दै ओलीले भने, ‘डोकोमा हालेर फ्याँक्छौँ भनेर त कहाँ हुन्छ र ? 

काठमाडौं– नेकपा एमालेको भृकुटीमण्डपमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष

नेपाल इन्भेष्टमेन्ट मेगाको रिटर्न अर्निङ ऋणात्मक

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको मिश्रित वित्तीय अवस्था देखाएको