कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड « Khabarhub

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातर्फ अघि बढाउन धेरै चुनौति रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित निर्मल लामाको २५औं स्मृति दिवस कार्यक्रममा प्रचण्डले प्रतिक्रियावादीहरूले आफूहरुमाथि भ्रम छर्ने र षड्यन्त्र गर्ने गरेको भन्दै कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातर्फ अघि बढाउन धेरै चुनौति रहेको बताएका हुन् ।

उनले बिचार, मुद्दा र वर्गलाई केन्द्रीत गरेर एकपटक यथास्थितिलाई भत्काउँदै रूपान्तरणसहित समाजवादी क्रान्तिलाई अघि बढाउन खोजेको उल्लेख गरे । इतिहासबाट राम्रा कुरा सिकेर क्रान्तिलाई अगाडि बढाउने संकल्प गर्दा प्रतिक्रियावादी र अवसरवादीहरूले नेतृत्वमाथि हमला गर्न सक्ने भएकाले सचेत हुनुपर्ने उनले बताए ।

प्रचण्डले राजनीतिक मुद्दा केन्द्रीत भएर समाजवादको आधार तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १२ : ५४ बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक