पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत « Khabarhub

पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल दागेको भारतीय सेनाले जनाएको छ । पाकिस्तानसँग ४५० किलोमिटर टाढासम्मको लक्ष्य भेट्ने म्याक ३ गतिको हाइस्पीड मिसाइल छ ।

भारतीय सेनाकी कर्ने सोफिया कुरैशीले गए राति एक बजेर ४० मिनेट जाँदा पाकिस्तानले आफ्ना सैन्य अखडामा यस्ता मिसाइल दागेको जानकारी दिएकी हुन्‌ । भारत-पाकिस्तानबीच जारी फौजी टकरावबारे भारतीय सेनाका तर्फबाट कर्नेल कुरैशीले प्रेस ब्रिफिङ गर्दै आएकी छिन्‌ ।

‘पाकिस्तानी सेनाले पूरै पश्चिमी मोर्चामा आक्रामक गतिविधि जारी राखेको छ, नियन्त्रण रेखा नघाएर ड्रोन घुसपैठ गराएको छ, ठूला हतियारबाट बमबारी गरिरहेको छ’, कुरैशीले भनेकी छिन्‌, ‘श्रीनगरदेखि नलियासम्म २६ स्थानमा पाकिस्तानले हवाई घुसपैठ प्रयास गरेको छ, अधिकांश प्रयासलाई भारतले असफल पारिदिएको छ ।’

कर्नेल कुरैशीले भारतको पञ्जाबस्थित सैन्य अड्डामा पाकिस्तानले गएराति हाइस्पीड मिसाइल दागिएको उल्लेख गरिन् । तर, भारतले उक्त मिसाइललाई निष्क्रिय पारिदिएको उनको दाबी छ ।

भारत र पाकिस्तानबीच जारी तनावबीच लगातार चौथो दिन विदेश सचिव विक्रम मिसरीसँग भारतीय थल सेनाकी कर्नेल कुरैशी र भारतीय वायु सेनाकी विङ कमाण्डर व्योमिका सिंहले प्रेस ब्रिफिङ गरेका हुन्‌ ।

प्रेस ब्रिफिङका क्रममा भारतीय विदेश सचिव मिसरीले भने, ‘पाकिस्तानको गतिविधि लगातार युद्ध भड्काउने खालको छ । भारतले जवाफ दिइरहेको छ ।’

भारततर्फ हाइस्पीड मिसाइल दागेको भनी नयाँ दिल्लीले लगाएको आरोपबारे पाकिस्तानले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : ३१ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६