पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत « Khabarhub

पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल दागेको भारतीय सेनाले जनाएको छ । पाकिस्तानसँग ४५० किलोमिटर टाढासम्मको लक्ष्य भेट्ने म्याक ३ गतिको हाइस्पीड मिसाइल छ ।

भारतीय सेनाकी कर्ने सोफिया कुरैशीले गए राति एक बजेर ४० मिनेट जाँदा पाकिस्तानले आफ्ना सैन्य अखडामा यस्ता मिसाइल दागेको जानकारी दिएकी हुन्‌ । भारत-पाकिस्तानबीच जारी फौजी टकरावबारे भारतीय सेनाका तर्फबाट कर्नेल कुरैशीले प्रेस ब्रिफिङ गर्दै आएकी छिन्‌ ।

‘पाकिस्तानी सेनाले पूरै पश्चिमी मोर्चामा आक्रामक गतिविधि जारी राखेको छ, नियन्त्रण रेखा नघाएर ड्रोन घुसपैठ गराएको छ, ठूला हतियारबाट बमबारी गरिरहेको छ’, कुरैशीले भनेकी छिन्‌, ‘श्रीनगरदेखि नलियासम्म २६ स्थानमा पाकिस्तानले हवाई घुसपैठ प्रयास गरेको छ, अधिकांश प्रयासलाई भारतले असफल पारिदिएको छ ।’

कर्नेल कुरैशीले भारतको पञ्जाबस्थित सैन्य अड्डामा पाकिस्तानले गएराति हाइस्पीड मिसाइल दागिएको उल्लेख गरिन् । तर, भारतले उक्त मिसाइललाई निष्क्रिय पारिदिएको उनको दाबी छ ।

भारत र पाकिस्तानबीच जारी तनावबीच लगातार चौथो दिन विदेश सचिव विक्रम मिसरीसँग भारतीय थल सेनाकी कर्नेल कुरैशी र भारतीय वायु सेनाकी विङ कमाण्डर व्योमिका सिंहले प्रेस ब्रिफिङ गरेका हुन्‌ ।

प्रेस ब्रिफिङका क्रममा भारतीय विदेश सचिव मिसरीले भने, ‘पाकिस्तानको गतिविधि लगातार युद्ध भड्काउने खालको छ । भारतले जवाफ दिइरहेको छ ।’

भारततर्फ हाइस्पीड मिसाइल दागेको भनी नयाँ दिल्लीले लगाएको आरोपबारे पाकिस्तानले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : ३१ बजे

मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव

बंगलादेशी फिल्म ‘शार्क’को पोस्टरमा यस्तो देखिए प्रमोद अग्रहरी

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को

कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने, फुटको संकट टार्न मध्यमार्गी उपाय खोज्दै नेताहरू

काठमाडौं– महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भइरहेको नेपाली

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना

काठमाडौं– नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना घटेको

पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौँको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

एजेन्सी– करिब तीन महिनाभन्दा अघिदेखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार