पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत « Khabarhub

पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल दागेको भारतीय सेनाले जनाएको छ । पाकिस्तानसँग ४५० किलोमिटर टाढासम्मको लक्ष्य भेट्ने म्याक ३ गतिको हाइस्पीड मिसाइल छ ।

भारतीय सेनाकी कर्ने सोफिया कुरैशीले गए राति एक बजेर ४० मिनेट जाँदा पाकिस्तानले आफ्ना सैन्य अखडामा यस्ता मिसाइल दागेको जानकारी दिएकी हुन्‌ । भारत-पाकिस्तानबीच जारी फौजी टकरावबारे भारतीय सेनाका तर्फबाट कर्नेल कुरैशीले प्रेस ब्रिफिङ गर्दै आएकी छिन्‌ ।

‘पाकिस्तानी सेनाले पूरै पश्चिमी मोर्चामा आक्रामक गतिविधि जारी राखेको छ, नियन्त्रण रेखा नघाएर ड्रोन घुसपैठ गराएको छ, ठूला हतियारबाट बमबारी गरिरहेको छ’, कुरैशीले भनेकी छिन्‌, ‘श्रीनगरदेखि नलियासम्म २६ स्थानमा पाकिस्तानले हवाई घुसपैठ प्रयास गरेको छ, अधिकांश प्रयासलाई भारतले असफल पारिदिएको छ ।’

कर्नेल कुरैशीले भारतको पञ्जाबस्थित सैन्य अड्डामा पाकिस्तानले गएराति हाइस्पीड मिसाइल दागिएको उल्लेख गरिन् । तर, भारतले उक्त मिसाइललाई निष्क्रिय पारिदिएको उनको दाबी छ ।

भारत र पाकिस्तानबीच जारी तनावबीच लगातार चौथो दिन विदेश सचिव विक्रम मिसरीसँग भारतीय थल सेनाकी कर्नेल कुरैशी र भारतीय वायु सेनाकी विङ कमाण्डर व्योमिका सिंहले प्रेस ब्रिफिङ गरेका हुन्‌ ।

प्रेस ब्रिफिङका क्रममा भारतीय विदेश सचिव मिसरीले भने, ‘पाकिस्तानको गतिविधि लगातार युद्ध भड्काउने खालको छ । भारतले जवाफ दिइरहेको छ ।’

भारततर्फ हाइस्पीड मिसाइल दागेको भनी नयाँ दिल्लीले लगाएको आरोपबारे पाकिस्तानले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : ३१ बजे

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने