पाकिस्तानका सैन्य अड्डामै हवाई हमला गरेको भारतको दाबी « Khabarhub

पाकिस्तानका सैन्य अड्डामै हवाई हमला गरेको भारतको दाबी


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतले जारी लडाईंमा पाकिस्तानका सैन्य अड्डामै हवाई हमला भएको दाबी गरेको छ । कमभन्दा कम कोल्याटरल ड्यामेज (सर्वसाधारणको कम क्षति) हुनेगरी पाकिस्तानका सैन्य अखडामा हमला गरिएको भारतीय सेनाले जनाएको हो ।

भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले शनिबार प्रेस ब्रिफिङ क्रममा पाकिस्तानले पनि आफ्ना सैन्य अड्डालाई निसाना बनाएको स्वीकारिन्‌ । उनले भनिन्, ‘पाकिस्तानले हाम्रा सैन्य अड्डालाई जानाजान निशाना बनायो, त्यसपछि भारतीय सशस्त्र बलले पनि सुनियोजित तरिकाले जवाफी हमला गर्‍यो ।’

पाकिस्तानका प्राविधिक गुप्तचरी अड्डा, कमाण्ड एण्ड कन्ट्रोल स्टेशन, राडार साइट्स र हतियार भण्डार छनोट गरी निशाना बनाइएको कुरैशीले दाबी गरिन्‌ ।

‘रफीकी, मुरीद, चकलाला, रहीमयार खान, सुक्कुर र चुनियास्थित पाकिस्तानी सैन्य अड्डामाथि सटिक हतियार र युद्धक विमानबाट प्रहार गरिएको हो’, कुरैशीले थपिन्‌, ‘पाकिस्तानको पसरूरस्थित रडार साइट र सियालकोटको हवाई शिविरलाई पनि भारतले निशाना बनायो ।’

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : ४६ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६