तत्काल आणविक हतियार प्रयोग गर्दैनौँ : पाकिस्तान « Khabarhub

तत्काल आणविक हतियार प्रयोग गर्दैनौँ : पाकिस्तान


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतसँग तनाव उत्कर्षमा रहेका बेला पाकिस्तानले आणविक हतियार प्रयोग गर्ने सम्भावना नरहेको बताएको छ । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आशिफले अहिले आणविक हतियार प्रयोग गर्ने सम्भावना नरहेको जनाएका हुन् ।

पाकिस्तानी टेलिभिजन जियो न्यूजसँगको कुराकानीका क्रममा उनले तत्कालका लागि आणविक हतियार प्रयोग नगर्ने बताए । उनले दुई मुलुकबीच जारी तनाव यस क्षेत्रमा मात्र सीमित नहुने पनि चेतावनी दिए ।

उनले भने, ‘म विश्वलाई भन्दैछु, यो क्षेत्रीय रुपमा मात्र सीमि हुनेछैन, यसले थप विनाश निम्त्याउनेछ ।’ उनले अणविक हतियार प्रयोगबारे राष्ट्रिय कमाण्ड अथोरिटीको बैठक नडाकिएको पनि उल्लेख गरे ।

यस अथोरिटीलाई पाकिस्तानी आणविक हतियारको प्रयोगबारे निर्णय लिने अधिकार दिइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : ५४ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम