कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग « Khabarhub

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माले)ले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि कृषि क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्न माग गरेको छ । 

सो पार्टीको कृषि तथा पशुपक्षी विकास विभागको आज ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने विभाग प्रमुख केदार न्यौपानेले बताए। 

‘कृषिमा रूपान्तरणकारी परियोजनाका रूपमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनःसंरचना गर्ने, नीति कार्यक्रममा घोषणा भएअनुसार कृषिमा आत्मनिर्भर, रोजगार, स्थानीय उद्यमशीलता वृद्धि गर्नेगरी ठोस कार्यक्रम ल्याउनुपर्ने, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग  केन्द्रित ‘विशेष कृषि विकास परियोजना’ घोषणाका लागि कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत बजेट विनियोजन गर्नुपर्दछ’, उनले भने।

बैठकले कृषिउपजको समर्थन मूल्य तय गर्दा बाली लगाउनका लागि त्यस वर्ष भएको नगद खर्च (श्रम, बीउ, खाद्य सिँचाइ), पारिवारिक श्रमको लगानी, जमिनको भाडा, कूल पुँजी र यसको ब्याज र एकतिहाइ नाफा जोडेर गरिनुपर्ने माग गरेको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहबाट आमकिसानले प्राप्त गर्ने सेवालाई चुस्तदुरूस्तका साथै सेवा प्रणालीलाई प्रभावकारी बनाउन सरकारले नियमनकारी, प्रदेश तहले विकास सहजीकरण र स्थानीय तहले सेवा प्रदायकको भूमिका निर्वाह गर्नुपर्नेसमेत बैठकले माग गरेको छ । 

कृषि उत्पादनको प्रयोजनका लागि (माछा, पशुपालन, च्याउ र साना सिँचाइ) उपयोग हुने विद्युत् महसुललाई कृषि महसुलमा समावेश गरी विद्युत् महसुलमा ७५ प्रतिशत छुट गरी सहुलियत दिनुपर्ने, कृषि बजारमा स्थानीय उत्पादनहरू बिक्री वितरणलाई प्राथमिकता दिनुपर्ने, किसान कार्डका आधारमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न आग्रह गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : ५४ बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक