कर्णालीमा बेपत्ता दुई जनाको खोजी गर्न गोताखोर परिचालन | Khabarhub Khabarhub

कर्णालीमा बेपत्ता दुई जनाको खोजी गर्न गोताखोर परिचालन


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर अझै फेला परेका छैनन् । उनको खोजीका लागि शसस्त्र प्रहरी बलका गोताखोर सुर्खेतबाट घटनास्थलमा पुगेका छन् ।

कर्णाली नदीमा शुक्रबार बेपत्ता भएका दुई जनाको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोरको टोली परिचालन गरिएको छ । कालिकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन गरिएको हो ।

शनिबार गोताखोरको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । कालिकोटको पचालझरना–४ जारकोटस्थित कर्णाली नदीमा शुक्रबार दिउँसो नुहाउने क्रममा नरहरिनाथ १ का १६ वर्षीय विराज बिष्ट बेपत्ता भएका थिए । उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट पाँच जना गोताखोरसहितको टोली खटाइएको छ । 

यसै गरी दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–९ स्थित कर्णाली नदिमा बेपत्ता भएका अन्दाजी १६ वर्षीय भुवन सार्कीको खोजी कार्य सशस्त्र प्रहरी बल नेपालले माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेश डावको सशस्त्र बलले खोजी जारी राखेको छ । बाट उनको खोजीका लागि सुरक्षाकर्मी खटाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  २ : ०२ बजे

कतारविरुद्ध नेपालको खराब ब्याटिङ, ६० रन जोड्दा गुमायो तेस्रो विकेट

ओमान – आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर

मृतकको शव लिन गाजापट्टी पुग्यो रेडक्रसको टोली

गाजा – गाजाको दक्षिणी क्षेत्रमा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)को टोली हमासले

कर्जा सुविधा दुई महिना थप गर्न व्यवसायीको माग

काठमाडौं – नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले मुलुकको विषम परिस्थितीलाई

प्रकाश सपुतलाई प्रश्न : फिल्ममा आफ्नो अभिनय क्षमताको आत्मसमीक्षा के हो ?

काठमाडौं – पछिल्लाे समय गायनमा कम सक्रिय देखिएका प्रकाश सपुत

रोक्नै पर्ने जिद्दी गर्दैछन् ओली : पर्ख र हेरको अवस्थामा भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको रोकिएको सदस्यता नवीकरणबारे नेकपा एमालेले आइतबारको