कर्णालीमा बेपत्ता दुई जनाको खोजी गर्न गोताखोर परिचालन « Khabarhub

कर्णालीमा बेपत्ता दुई जनाको खोजी गर्न गोताखोर परिचालन


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर अझै फेला परेका छैनन् । उनको खोजीका लागि शसस्त्र प्रहरी बलका गोताखोर सुर्खेतबाट घटनास्थलमा पुगेका छन् ।

कर्णाली नदीमा शुक्रबार बेपत्ता भएका दुई जनाको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोरको टोली परिचालन गरिएको छ । कालिकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन गरिएको हो ।

शनिबार गोताखोरको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । कालिकोटको पचालझरना–४ जारकोटस्थित कर्णाली नदीमा शुक्रबार दिउँसो नुहाउने क्रममा नरहरिनाथ १ का १६ वर्षीय विराज बिष्ट बेपत्ता भएका थिए । उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट पाँच जना गोताखोरसहितको टोली खटाइएको छ । 

यसै गरी दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–९ स्थित कर्णाली नदिमा बेपत्ता भएका अन्दाजी १६ वर्षीय भुवन सार्कीको खोजी कार्य सशस्त्र प्रहरी बल नेपालले माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेश डावको सशस्त्र बलले खोजी जारी राखेको छ । बाट उनको खोजीका लागि सुरक्षाकर्मी खटाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  २ : ०२ बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक