यी हुन् भारतीय कारवाहीमा मारिएका पाँच ‘वरिष्ठ’ आतंककारी, अन्त्येष्टिमा पाकिस्तानी सैनिक पनि उपस्थित « Khabarhub

यी हुन् भारतीय कारवाहीमा मारिएका पाँच ‘वरिष्ठ’ आतंककारी, अन्त्येष्टिमा पाकिस्तानी सैनिक पनि उपस्थित


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा गरेको सैन्य कारवाहीका क्रममा ५ जना वरिष्ठ आतंककारी मारिएको भारतले दाबी गरेको छ । भारतीय सञ्चार माध्यमले पाकिस्तानमा गरिएको कारवाहीमा मारिएको भनिएका ५ जनाको पहिचान सार्वजनिक गरेका छन् ।

यसरी मारिनेमा लस्कर ए तैएबा नामक संगठनको मुरिदके क्षेत्रमा मरकज तैबाका इन्चार्ज अबु जुन्दाल भनिने मुदस्सर खैदान छन् । हिन्दुस्तान टाइम्सका अनुसार उनको अन्त्येष्टिमा पाकिस्तानी सेनाका प्रतिनिधिले पनि भाग लिएका थिए ।

त्यसैगरी, भारतीय कारवाहीका क्रममा हफिज मुहम्मद जमिल पनि मारिएका छन् । उनी जैश ए मोहम्मदमा आबद्ध रहेको दाबी गरिएको छ । उनी भावलपुरस्थित मरकज सुबहान अल्लाहका इनचार्ज रहेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उनी जैश ए मोहम्मदका संस्थापक मौलाना मसुद अजहरका जेठान पनि हुन् ।

भारतीय कारवाहीमा मसुद अजहरका साला पनि मारिएका छन् । मसुद अजहरका साला उस्ताद जी भनेर बोलाइने मोहम्मद युसुफ अजहर पनि भारतीय कारवाहीमा मारिएका छन् । उनी पनि जैश ए मोहम्मदमा आबद्ध थिए ।

उनी सन् १९९९ को डिसेम्बर महिनामा काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डियन एअरलाइन्स अपहरण प्रकरणमा खोजीको सूचीमा थिए । उनले जैश ए मोहम्मदमा हतियार तालिम दिने जिम्मा पाएका थिए ।

त्यसैगरी, कारवाहीका क्रममा लस्कर ए तैएबामा आबद्ध अबु अक्शा भनिने खालिद नामक आतंककारी पनि मारिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उनी अफगानिस्तानतर्फ हतियार तस्करी गर्ने काममा आबद्ध थिए ।

फैसलावाद शहरमा आयोजित उनको अन्त्येष्टिमा पनि पाकिस्तानी सेनाका अधिकारी र शहरका उपआयुक्त समेत उपस्थित रहेको जनाइएको छ ।

कारवाहीमा जैश ए मोहम्मदका मोहम्मद हसन खान पनि मारिएका छन् । उनी पाकिस्तान अधिनस्थ कश्मीरमा जैश ए मोहम्मदका कमाण्डर मुफ्ती अश्गर खान कश्मीरीका छोरा रहेको जनाइएको छ । उनले जम्मु कश्मीरमा आतंककारी आक्रमणमा महत्वपूर्ण भूमिका खेल्दै आएका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  २ : २८ बजे

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा