यी हुन् भारतीय कारवाहीमा मारिएका पाँच ‘वरिष्ठ’ आतंककारी, अन्त्येष्टिमा पाकिस्तानी सैनिक पनि उपस्थित « Khabarhub

यी हुन् भारतीय कारवाहीमा मारिएका पाँच ‘वरिष्ठ’ आतंककारी, अन्त्येष्टिमा पाकिस्तानी सैनिक पनि उपस्थित


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा गरेको सैन्य कारवाहीका क्रममा ५ जना वरिष्ठ आतंककारी मारिएको भारतले दाबी गरेको छ । भारतीय सञ्चार माध्यमले पाकिस्तानमा गरिएको कारवाहीमा मारिएको भनिएका ५ जनाको पहिचान सार्वजनिक गरेका छन् ।

यसरी मारिनेमा लस्कर ए तैएबा नामक संगठनको मुरिदके क्षेत्रमा मरकज तैबाका इन्चार्ज अबु जुन्दाल भनिने मुदस्सर खैदान छन् । हिन्दुस्तान टाइम्सका अनुसार उनको अन्त्येष्टिमा पाकिस्तानी सेनाका प्रतिनिधिले पनि भाग लिएका थिए ।

त्यसैगरी, भारतीय कारवाहीका क्रममा हफिज मुहम्मद जमिल पनि मारिएका छन् । उनी जैश ए मोहम्मदमा आबद्ध रहेको दाबी गरिएको छ । उनी भावलपुरस्थित मरकज सुबहान अल्लाहका इनचार्ज रहेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उनी जैश ए मोहम्मदका संस्थापक मौलाना मसुद अजहरका जेठान पनि हुन् ।

भारतीय कारवाहीमा मसुद अजहरका साला पनि मारिएका छन् । मसुद अजहरका साला उस्ताद जी भनेर बोलाइने मोहम्मद युसुफ अजहर पनि भारतीय कारवाहीमा मारिएका छन् । उनी पनि जैश ए मोहम्मदमा आबद्ध थिए ।

उनी सन् १९९९ को डिसेम्बर महिनामा काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डियन एअरलाइन्स अपहरण प्रकरणमा खोजीको सूचीमा थिए । उनले जैश ए मोहम्मदमा हतियार तालिम दिने जिम्मा पाएका थिए ।

त्यसैगरी, कारवाहीका क्रममा लस्कर ए तैएबामा आबद्ध अबु अक्शा भनिने खालिद नामक आतंककारी पनि मारिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उनी अफगानिस्तानतर्फ हतियार तस्करी गर्ने काममा आबद्ध थिए ।

फैसलावाद शहरमा आयोजित उनको अन्त्येष्टिमा पनि पाकिस्तानी सेनाका अधिकारी र शहरका उपआयुक्त समेत उपस्थित रहेको जनाइएको छ ।

कारवाहीमा जैश ए मोहम्मदका मोहम्मद हसन खान पनि मारिएका छन् । उनी पाकिस्तान अधिनस्थ कश्मीरमा जैश ए मोहम्मदका कमाण्डर मुफ्ती अश्गर खान कश्मीरीका छोरा रहेको जनाइएको छ । उनले जम्मु कश्मीरमा आतंककारी आक्रमणमा महत्वपूर्ण भूमिका खेल्दै आएका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  २ : २८ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम